शुरेश लाेप्चन र शिव अनुरागकाे “जनयुद्द देखि खाडीसम्म” बजारमा आउदै

धादिङ । शुरेश लाेप्चन (क.समर) र शिव अनुराग (क.भिषण) काे संयुक्त प्रस्तुती “जनयुद्द देखि खाडीसम्म” बजारमा आउदैछ ।

स्कुल पढ्ने उमेर मै जनयुद्द लड्न जंगल पसेका क. समर र क. भिषणकाे वास्तविक कथामा आधारित रहेर निर्माण गरिएकाे भिडियाेमा जनयुद्द सकिएर गणतन्त्र आईसक्दा अनि जनयुद्दका सुप्रिम कमाण्डर क. प्रचण्ड ४-४ पटक गणतन्त्र नेपालका प्रधानमन्त्री भईसक्दा यी २ कमरेडहरु भने नेपालमा खान लाउन र पेट पाल्न समेत धाै-धाै भएर खाडी मुलुकमा मजदुरी गर्न जान बाध्य भएकाे वास्तविक कथालाई भिडियाेमा मर्मस्पर्सी रुपमा समेट्ने काेसिस भईरहेकाे छ ।

चर्चित बाल कलाकारद्वय किसन सिजापती र प्रिन्स लम्सालकाे सुमधुर स्वर रहेकाे मर्मस्पर्सी गितमा शुरेश लाेप्चन र काजिराम अधिकारीकाे स्वर समिश्रण रहेकाे छ भने शिव अनुरागकाे शब्द, लय र संगित रहेकाे यस गित अनि भिडियाेका परिकल्पनाकार शुरेश लाेप्चन र शिव अनुराग आफै हुन् ।

जनयुद्दमा दाइ गुमाएका लाेप्चन आफै जनयुद्दका घाईते लडाकु हुन भने अनुराग जनयुद्दका जनबादी कलाकार हुन ।