केरुङ नाकामा रुबीभ्यालीका स्थानीयलाई आवतजावत पास ब्यबस्था गर्न प्रधानमन्त्री समक्ष निवेदन

धादिङ । रुबीभ्याली अध्यक्ष रामसिंङ तामाङ द्वारा प्रधानमन्त्री पुष्प कमल दाहाल संग भेटघाट तथा विभिन्न माग सहित निवेदन पेश गर्नु भएको छ ।

छिमेकी रास्ट्र चिन संग जोडिएको उत्तरी धादिङ कै दुर्गम गाउँपालिका भएको र छिमेकी जिल्ला रसुवाले जस्तै यहाँको स्थानीयले पनि केरुङ नाकामा प्रवेश गर्न आवस्यक आवतजावत पास ब्यबस्थापन गर्न अनुरोध गर्नु हुँदै निवेदन पेस गरिएको छ भने नाका पासको लागि सम्बन्धित निकायमा पहल गर्ने प्रधानमन्त्रीले प्रतिबद्दता समेत व्यक्त गर्नु भएको अध्यक्ष रामसिंह तामाङले बताउनु भयो ।

राजधानी काठमाडौ देखि नजिकैको गाउँपालिका भए पनि दुर्गम क्षेत्र र बिकासमा पछाडी परेकोले रुबी भ्याली गापाको विकासमा बिशेष चासो दिन र धादिङबेशीबाट रुबी भ्याली हुदै रसुवाको केरुङ नाका जाने सडकको स्तर उन्नतिमा बिशेष ध्यान दिन समेत अनुरोध गरिएको अध्यक्ष तामाङ बताउनु हुन्छ ।