पतेनी दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो: घाईते चालक बिष्णुको उपचारको क्रममा मृत्यु

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ पतेनी पाल्पालीटोलमा २०८१ बैशाख २ गते  भएको ट्रक दुर्घटनामा परि घाईते भएका ट्रकका चालक ४० वर्षीय बिष्णु श्रीमलको उपचारका क्रममा मृत्यु भएको छ । पतेनी दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।

गम्भिर घाइते भएका श्रीमलको रत्नपार्क स्थित ट्रमा सेन्टरमा उपचारका क्रममा बुधबार विहान मृत्यु भएपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको हो । जिल्ला अस्पताल धादिङबेशीमा प्रारम्भिक उपचार पछि आईतबार दिउँसो थप उपचारका लागि घाईते ६ जनालाई हेलिकप्टरबाट र एक जनालाई एम्बुलेन्स मार्फत काठमाण्डौं लगिएको थियो । काठमाण्डौंमा उपचार गराईरहेका मध्ये १२ बर्षिय प्रितम मजकोटीको सोमबार राती उपचारकै क्रममा केएमसी सिनामंगलमा मृत्यु भएको थियो ।

जिल्लाको निलकण्ठ नगरपालिका ५ खाल्टे पाल्पाली टोलमा आइतबार बिहान बा २ ख ८९४७ नम्बरको  मिनिट्रक दुर्घटनामा एक जनाको घटनास्थलमै ज्यान गएको थियो भने अर्का एक जनाको धादिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतक बाबु छोरा हुन ।

घरबाट गोठेमल लोड गरेर खेत तफं लैजांदै गर्दा मिनिट्रक पतेनी दाउने खोलामा दुर्घटना भएको थियो । दुर्घटनामा पर्नेहरु पाल्पाली टोलका हुन । दुर्घटनामा एकै परिवारका पाँच सहित ९ जना सवार थिए ।दुर्घटनामा चार जना बालबालिकासहित सात जना घाइते भएका थिए ।

घाइते मध्ये अहिले ट्रमा सेन्टरमा उपचार भईरहेकाहरुमा ३५ बर्षिया हिरा रम्तेल,  ११ वर्षीय सुजन रम्तेल, १४ वर्षीय सुजित मजकोटी, ११ वर्षीय बिमल मजकोटी र १३ वर्षीय कृष्ण रम्तेल रहेका छन् ।

सथै सवारी धनीसँग पैसा नभएको कारण घाईतेहरुको उपचार गराउनको लागि समस्या भएको छ । घाईतेहरुको उपचारको लागि आर्थिक सहयोग गर्नको लागि वडा अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभएको छ । एनआईसी बैंकमा वडा अध्यक्ष राम बहादुर श्रेष्ठको खाता नम्बर ५५८७६६९४७५२४००१ मा रकम जम्मा गरीदिन वडा अध्यक्ष रामबहादुर श्रेष्ठले सबैलाई अपिल गर्नुभएको छ ।

स्रोत : धादिङ न्युज