पेट्रोलियम पदार्थको मूल्य बढ्यो: पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ, डिजेल र मट्टितेल १६१ रुपैयाँ

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको हो।

भारतबाट मूल्य बढेर आएका कारण बढाउनुपरेको निगमले सोमबार जारी गरेको विज्ञतिमा जनाइएको छ।

बढेको मूल्य अनुसार अब वैशाख ४ गते विहान १ बजेदेखि पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ तथा डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ।