खनियाबास ४ मा शुभकामना आदानप्रदान तथा टोल  सरसफाइको लागि सामाग्री बितरण सम्पन्न

धादिङ । नयाँ बर्ष २०८१ को अवसरमा खनियाबास गाउँपालिका वडा न४ को आयोजनामा शुभकामना आदन-प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

वडाले आ.व २०८२/२०८३ भित्र पुर्ण सरसफाइ उन्मुख वडा बनाउने लक्ष्य लिए संगै  सोही अनुरुप  नयाँ वर्षको सुरुवात संगै सरसफाइ अभियानको सुरुवात गरिएको हो । साथै यस अभियानमा सहयोग गर्न हुन सम्पुर्ण वडा बासिन्दा लगायत   बिभिन्न सरकारी तथा गैर सरकारी निकाय हरुलाइ पनि आह्वान गरिएको छ ।

सोही अवसरमा वडामा कृयाशील ८ (आठ) वटा आमा समूहहरुलाई टोल सरसफाईको लागि  आवस्यक सामाग्रीहरु समेत बितरण गरिएको खनियावास गा.पा सरसफाइ शाखा प्रमुख मन्जु तामाङले होराईजन खबरलाई जानकारी गराउनु भयो ।
      टोल  सरसफाइको लागि बितरण गरिएको सामाग्रीहरुको विवरण निम्न लिखित रहेको छ ।
१. सिन्के झाडु – ४० वटा
२. हाते पन्जा  – ९६ जोर
३. मास्क – ४० प्याकेट
४. डस्ट्बिन – १६ थान
५.  डस्टप्यान – १६ थान

वडा अध्यक्ष लिलामान तामाङको संयोजकत्वमा भएको उक्त कार्यक्रममा कार्यपालिका  सदस्य बिष्णु माया गुरुङ र स्वास्थ संयोजक आइत बहादुर तामाङको रोहवरमा सम्पन्न भएको थियो ।