‘प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार’ धादिङका २ पत्रकारहरुलाई प्रदान

धादिङ । प्रेस चौतारी धादिङले हरेक बर्ष प्रदान गर्ने प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार प्रेस चौतारी नेपाल जिल्ला समिती धादिङको २५ औं साधारणसभा तथा बिस्तारित भेलाको अवसरमा आज चैत्र २६ गते २ जना पत्रकारलाई प्रदान गरेको छ ।
क्रियाशिल पत्रकारिता पुरस्कार ०७९ बाट नयाँ पत्रीका दैनिकका धादिङ संवाददाता तथा रेडियो धादिङमा कार्यरत पत्रकार अर्जुन श्रेष्ठ र २०८० बाट टोलटोलको खबरका सम्पादक तथा रेडियो कृषिमा कार्यरत पत्रकार राजाराम डंगोललाई प्रदान गरिएको छ ।