अन्तर्राष्ट्रिय खबर । इजरायलले युद्धविराम र गाजाबाट बन्धकहरूको रिहाइसम्बन्धी छलफलका लागि कायरोमा प्रतिनिधिमण्डल नपठाउने निर्णय गरेको एक इजरायली अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।
बन्धकको सूची प्रदान गर्ने, जीवित तथा मृतक बन्धकको सङ्ख्याको जानकारी दिने र बन्धकको बदलामा इजरायली जेलबाट रिहा हुने प्यालेस्टिनी कैदीहरूको अनुपात निर्धारण गर्ने लगायतका मागहरू सम्बोधन गर्ने विषयमा युद्धरत पक्षबिच समान धारणा बन्न नसकेपछि इजरायलको यो निर्णय आएको हो ।
कूटनीतिक वार्ताको संवेदनशीलताका कारण अज्ञात रहन रोज्ने इजरायली अधिकारीले प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले मोसादका निर्देशक डेभिड बार्नियासँग समन्वय गरेर हमासले यी सर्तहरू सम्बोधन नगरेको जानकारी प्राप्त गरेपछि यो निर्णय आएको हो ।
यो कदमले गत बिहीबार नेतन्याहूको एक भाषणमा उल्लेखित सर्तहरू पछ्याउँछ । सम्बोधनमा उहाँले कुनै पनि सम्झौताको साथ अगाडि बढ्नुअघि बन्धकहरूको पहिचानको आवश्यकतामा जोड दिनुपर्ने बताएका थिए ।
बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले इजरायलले प्रस्तावित छ हप्ताको युद्धविरामलाई स्वीकार गरेको सङ्केत गरेपनि हमासको प्रतिक्रियाको अभावले कायरो वार्तामा इजरायलको सहभागिता रद्द भएको हो ।
वार्ताले शत्रुता अन्त्य गर्ने आशा व्यक्त गर्दै हमासको प्रतिनिधिमण्डल आइतबार कायरो आइपुगेको थियो ।
हमास स्रोतका अनुसार वार्तामा बाँकी अड्किएका विषयमा स्थायी युद्धविराम स्थापना, गाजा पट्टीबाट इजरायली सेनाको फिर्ता र दक्षिणबाट विस्थापित व्यक्तिहरूको फिर्तीलाई सहज बनाउनु समावेश छ । रासस/एएनआई