लापा इष्टर सन्डे विशेष कार्यक्रमलाई कांग्रेस युवा नेता डेबिट तामाङ द्वारा ५५०० नगद सहयोग

धादिङ । रुबीभ्याली ५ लापामा हुन लागिएको ख्रीष्ट यशुको पुनरुत्‍थान महोत्सवको रुपमा इसाई धर्मावलम्बीहरुले मनाइने इष्टर सन्डे विशेष बृहत कार्यक्रमको लागि नेपाली कांग्रेस युवा नेता डेबिट तामाङले रु ५ हजार ५ सय रुपैया नगद सहयोग गर्नु भएको छ । कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्न तामाङले आर्थिक सहयोग गर्नु भएको, र अझै रकम अभाव भएकोले सम्पुर्णलाई सहयोगको लागि अपिल गरिएको लापा इसाई समाजका अध्यक्ष रुपक गुरुङले बताउनु भयो ।

सामुदायिक लापा इसाई समाजको आयोजनामा साबिकको लापा गाबिस हालको रुबीभ्याली ५ र ६ वडाहरुका स्थानीयहरुको सयुक्त सहभागीतामा इष्टर सन्डे विशेष कार्यक्रम गर्न लागिएको हो ।