धादिङ । आदिवासी जनजाति युवा महासंघ नेपाल धादिङको दोस्रो जिल्ला सम्मेलन शनिबार भएको छ । भेलाले महेन्द्र तामाङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिको चयन गरिएको छ ।
नवगठित कार्यसमितिको नामावलीहरु
अध्यक्ष : महेन्द्र तामाङ
प्रथम उपाध्यक्ष : ईस्वर थापा मगर
दोस्रो उपाध्यक्ष : गजेन्द्र गुरुङ
सचिव : आशा माया तामाङ
सह सचिव : दिल बहादुर गुरुङ
सह सचिव : दिपक चेपाङ
कोषाध्यक्ष :
त्यस्तै सदस्यहरुमा गिम बहादुर गुरुङ, शक्तिमान लामा, धन बहादुर आले मगर रहेका छन ।
धादिङ बेसि स्थित जिल्ला समन्वय समितिको सभा हलमा भएको कार्यक्रममा नेत्रावती डबजोङ गाउँपालिका उपाध्यक्ष सीता चोडेन तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।