जनवरीमा भित्रिए ७९ हजार पर्यटक: कुन देश बाट कति भित्रिर ?

काठमाडौ । सन् २०२४ को पहिलो महिना (जनवरी)मा ७९ हजार एक सय पर्यटक भित्रिएका छन्।

कोरोना माहामारीपछि अहिले विभिन्न मुलुकबाट नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको छ। यसअघि सन् २०२३ को जनवरीमा ५५ हजार ७४ जना पर्यटक भित्रिएका थिए। 

नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा सबैभन्दा बढी भारतबाट २४ हजार १३९ पर्यटक भित्रिएका छन्।

त्यस्तै चीनबाट ७ हजार २६७, अमेरिकाबाट ७ हजार ४७, थाइल्याण्डबाट चार हजार ६१९, दक्षिण कोरियाबाट तीन हजार ८१२, बंगलादेशबाट तीन हजार ६२९ र अष्ट्रेलियाबाट तीन हजार ४२१ पर्यटक भित्रिएका छन्।

त्यसैगरी बेलायतबाट तीन हजार २७६, भुटानबाट दुई हजार २२९ र जापानबाट एक हजार ५६८ जना पर्यटक आएका हुन्।