रुबीभ्याली ५ लापामा चैत १८ गते इष्टर सन्डे विशेष बृहत कार्यक्रम हुने

धादिङ । ख्रीष्ट यशुको पुनरुत्‍थान महोत्सवको रुपमा इसाई धर्मावलम्बीहरुले मनाइने इष्टर सन्डे विशेष बृहत कार्यक्रमको आयोजना गरि आगामी चैत १८ गते रुबीभ्याली ५ लापामा मनाइने भएको छ ।

लापा इसाई समाजको आयोजनामा साबिकको लापा गाबिस हालको रुबीभ्याली ५ र ६ वडाहरुका स्थानीयहरुको सयुक्त सहभागीतामा इष्टर सन्डे विशेष कार्यक्रम गर्न लागिएको लापा इसाई समाजका अध्यक्ष रुपक गुरुङले होराईजन खबरलाई जानकारी दिनु भयो ।