पर्यटन बोर्डमा चिनीयाँ फोटो प्रदशनी: दुर्ई देश बीचको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने अपेक्षा

नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले काठमाण्डौमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफि प्रदर्शनी (Nepal/Shandong (Binzhou) Cultural Week and Shandong Photography Exhibition) शुरु भएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ राजदुतावास तथा नेपाल फोटो पत्रकार महासंघको समन्वय तथा चीनको प्रान्तको साङदोङ प्रान्त र सान्दोङ (बिन्जु)फोटोग्राफि एशोसिएसनको आयोजनामा शुरु भएको प्रदशनी एक सातासम्म चल्ने छ ।
चिनीयाँ नयाँवर्षको अवसरमा आयोजना गरिएको यो फोटो प्रर्दशनीको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्ज्य रेग्मीले नेपाल र चीनबीच लामो धार्मिक तथा सांस्कृति सम्बन्ध रही आएको उल्लेख गर्दै फोटो प्रदर्शनीले दुई देशबीचको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताउनु भयो । ‘ नेपालको पर्यटन प्रर्वद्धन गर्न हामीले चिनीयाँ दुतावाससंग मिलेर विभिन्न कार्यक्रम आयोजना गरेका छौं । जसको कारण पनि नेपालमा आउने चिनीयाँ पर्यटकको संख्या निरन्तर बढ्दै गईरहेको छ । चिनीयाा नयाँ वर्षको सनर्दभमा आयोजना गरिएको यो फोटो प्रर्दशनीले पनि एक देशले अर्को देशका पर्यटकीय गन्तव्य तथा त्यहााको संस्कृति चिन्ने मौका मिल्ने तथा पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छौं । ’ उहाँले भन्नु भयो ।
यस्तै नेपाल स्थित चिनीयाँ दुतावासका काउन्सिलर से यू (Xie yu) ले सान्दोङ सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण प्रान्त रहेको चर्चा गर्दै फोटो प्रदर्शनीको माध्यमबाट दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्ने तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल चीन फ्रेन्डसीप फोरमका अध्यक्ष डा. कल्याणराज शर्मा, नाराका अध्यक्ष शिव अधिकारी, बिन्जु फोटोग्राफि एशोसिएसनका अध्यक्ष लि ज्याङ मिङ, पोटो पत्रबकार महासंघका अध्यक्ष हरि प्रसाद रेग्मी लगाएतले यस प्रकारको फोटो दुवे देशमा आयोजना गर्न सके दुर्व देशको पर्यटन प्रर्वद्धनमा सहयो ग पुग्ने बताउनु भएको थियो । फोटो प्रदर्शनीमा साङदोेङ प्रान्तका विभिन्न ६० वटा तस्वीर रािखएका छन् ।
मिडिया सेन्टर
नेपाल पर्यटन बोर्ड