धादिङ रुबीभ्यालीका श्याम लामा तामाङ साउदीमा मृत फेला

धादिङ । वैदेशिक रोजगारको सिलसिलामा साउदी अरबको एक कम्पनीमा कार्यरत रुबीभ्याली ५ लापाका श्याम लामा तामाङ आफ्नै कोठामा मृत फेला परेको छ । साथै सिसि क्यामरा र मृतकको प्रकृति हेर्दा आत्म हत्या गरिएको हुन सक्ने अनुमान लगाइएको छ भने पोस्त मार्टम रिपोर्ट आइसके पछि वास्तविकता खुल्ने तामाङको परिवारले होराईजन खबरलाई बताउनु भयो ।

कम्पनीले नियमित काममा नआएपछि खोजी गर्दा मृत भेटिएको र परिवारले ३ दिन पछी मात्रै उक्त घटना बारे जानकारी पाएको थियो । साथै हाल प्रहरीले पोस्ट मार्तमको लागि लगिएको र रिपोर्ट आइसके पछि कम्पनीलाई घटना बारे जानकारी गराई नेपाल ल्याउन आवस्यक तयारी गरिने परिवारले जानकारी दिनु भयो ।

साथै यो घटनाले परिवारमा अत्यन्तै चिन्ता परेको र यस्तो निर्णय लिन किन बाध्य भयो यस्को बारेमा पनि खोजी हुनु पर्ने र घटना बारे सत्यतथ्य छानबिन गरिनु पर्ने बताउनु हुन्छ ।