धादिङ र नुवाकोटकोटको सिमानामा अस्थायी प्रहरी पोष्टको स्थानमा

धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको छ ।
बुधबार वडा नम्बर ४ स्थित भर्याङभुरुङमा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले उक्त अस्थाई प्रहरी पोष्टको उद्घाटन गरेको हो ।
गाउँपालिकाका हरेक नागरिकको ज्यु धनको संरक्षण गरि शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलापमा कमी ल्याउन नुवाकोट र धादिङको सिमाना नै तोकेर अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको गाउपालिकाका अध्यक्ष मेघनाथ रिजालले बताउनुभयो ।

अस्थायी प्रहरी चौकी स्थापना भएपछि शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद तथा अन्य घटनाको तत्काल उद्दार, विभिन्न सेवा प्रवाहमा सहजीकरण लगायतका कार्यमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको भनाई थियो ।

उक्त प्रहरी पोष्टले धादिङको नेत्रावती डवजोङ गाउपालिका र नुवाकोटको म्यागङ गाउँपालिकमा अपराध न्यूनीकरण, अनुसन्धान र कारवाही, कानून कार्यान्वयन, विपद तथा अन्य घटनाको तत्काल उद्दार तथा व्यवस्थापन लगायतका कार्यमा सहयोग पुग्ने स्थानीयको भनाई छ ।
गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको अध्यक्षतामा भएको उद्धघाटन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेको प्रमुख आतिथ्यता,जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्र लगायतको विषेश आतिथ्यता रहेको थियो ।