एनसेलको सेयर खरिद-बिक्री प्रकरणको छानबिन गर्न सरकारद्वारा समिति गठन

काठमाडौं- सरकारले एनसेलको सेयर खरिद बिक्री प्रकरणको छानबिन गर्न समिति गठन गरेकाे छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले ५ सदस्यीय छानबिन समिति गठन गरेको खानेपानीमन्त्री महेन्द्र राय यादवले जानकारी दिए।
समितिको संयोजकमा पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा रहेका छन्। सदस्यहरूमा फणिन्द्र गौतम, बाबुराम भण्डारी, रितेशकुमार शाक्य रसुजनकुमार काफ्ले छन् । समितिलाई यो प्रकरणको अध्ययन गरी प्रतिवेदन पेश गर्न ३० दिनको कार्यादेश दिइएको बताइएको छ।
६ दिन अगाडि स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियाटा यूके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको थियो । यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभिसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत सेयर स्वामित्व लिने समझदारी बनेको थियो।
एनसेलको ८० प्रतिशत स्वामित्व रेनोलल्डस् होल्डिङ्सँग रहेको छ। स्पेक्ट्रलाइट यूकेका लगानीकर्ता सतिशलाल आचार्य हुन्। उनी सिंगापुरमा रहेका नेपाली मुलका व्यवसायी हुन्।
एनसेलको सेयर स्वामित्व खरिद बिक्री अपारदर्शी भएको निष्कर्षसहित दलहरुले उच्चस्तरीय छानबिन गर्नुपर्ने  माग गरेका थिए। लेखा समितिले एनसेलको शेयर बिक्री प्रक्रियालाई यथास्थितिमा राख्न सरकारलाई नै निर्देशन समेत दिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here