नवौँ धादिङ महोत्सव आगामी माघ ११ गतेदेखि २१ गतेसम्म हुने

धादिङ । नवौँ धादिङ महोत्सव आगामी माघ ११ गतेदेखि २१ गतेसम्म हुने भएको छ । धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलश्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार भन्ने नाराको साथ माघ ११ गतेदेखि २१ गतेसम्म महोत्सव आयोजना हुन लागेको धादिङ उद्योग वाणिज्य संघका महासचिव तिलक सिम्खडाले जानकारी दिनुभयो ।

धादिङ उद्योग वाणिज्य संघको आयोजनामा हुन लागिएको नवौँ धादिङ महोत्सव धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ को गलौंदी स्थित त्रिशूली नदीको किनारमा महोत्सव हुने सिम्खडाको भनाई छ । उद्योग वाणिज्य संघले महोत्सवको लोगो समेत सार्वजनिक गरिसकेको छ ।

गत वर्ष पुष ७ गतेदेखि १७ गतेसम्म आठौँ धादिङ महोत्सव जिल्लाको सदरमुकाम धादिङबेसी खुलामञ्चमा गरिएको थियो । जिल्लाको ऐतिहासिक, सांस्कृतिक , सामाजिक तथा आर्थिक विकासमा योगदान पुर्‍याउने , जिल्ला भित्र उत्पादित वस्तु तथा सेवाहरूको प्रदर्शनी गरी प्रचार-प्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यले विगत देखिनै महोत्सवको आयोजना गर्दै आइरहेको छ ।

यस वर्षको महोत्सवले पनि जिल्लाको भित्रको उत्पादित वस्तुको प्रवर्द्धन सामाजिक तथा आर्थिक विकासमा टेवा पुग्ने आयोजकले विश्वास लिएको छ । संघले पहिलो पाठक २०६४ मा प्रथम धादिङ महोत्सव आयोजना गरि सफलता पूर्वक सम्पन्न गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here