प्राकृतिक छटाले भरिपूर्ण सिन्धुपाल्चाेकको प्रसिद्ध पर्यटकीय स्थल पाँचपाेखरी

विपिन प्रसाद गुरागाँई ,तारकेश्वर -६ काठमाण्डाैं । सिन्धुपाल्चाेक जिल्लाकाे थाङ्गपाल गा.पा. मा पर्ने प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हाे पाँचपाेखरी जहाँ पुग्न काठमाण्डाैं, नारायणटार, जाेरपाटीबाट बस सुविधा पनि रहेकाे छ। साँखु ,फेदी ,जहरसिङ पाैवा ,पाङ्ग्रेबास ,नाङ्ले,छापभन्ज्याङ्ग ,चापाबाेट, जर्के पुल,सिन्धुबजार,बाहुनेपाटी हुँदै लगभग २:३० घण्टामा मेलम्ची पुग्न सकिन्छ । मेलम्चीबाट तिपेनी,सिमपानी ,धाप,सल्लेडाडा ,चिलाउने भाेताङ हुँदै लगभग ३:३० , घण्टाकाे बसयात्रापछि छिम्ती पुग्न सकिन्छ । छिम्तीबाट अब पैदलयात्रा शुरु हुन्छ। अ‍ाफ्नाे निजी सवारी साधनमा पनि यात्रा गर्न सकिन्छ । लगभग २ घण्टामा देउराली (२१०५ मि.) हुँदै टुपीडाँडा(२६७० मि.) पुगिन्छ । टुपीडाँडाबाट लगभग ४ घण्टाकाे हिडाईपछि तँगु चाैर (२७०० मि.) , ब्राेङ्दाेेगाङ् (२७२० मि.),ताँगुखर्क (२८७८ मि.) ताँगु खाेला (२८९३ मि.) ,तपखर्क (३४०७ मि.) हुँदै नाेस्यामपाटी (३७०० मि.) पुग्न सकिन्छ। नाेस्यामपाटीबाट २ घण्टाकाे यात्रापछि लाैरीबिना पुगिन्छ ।टुपीडाँडाबाट लगभग ७,८ घण्टामा पाँचपाेखरी पुग्न सकिन्छ। पाँच वटा सुन्दर पाेखरीहरु देख्दा मन अति अ‍ाल्हादित हुन्छ । छिनमै हुस्सुले छाेप्ने छिनमै उघ्रने माैसम पनि विचित्रता रहेकाे छ । पाँचपाेखरी पत्ता लागेकाे अ‍ाधार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौताराबाट उत्तर पश्चिम ३ क्षेत्रको थाङ्पाल गा.पा. मा पर्ने करिव ४१०० मिटर उचाईमा रहेको यो पाँचपाेखरी आजभन्दा अन्दाजी २३२५ वर्ष अगाडी प्रख्यात शिकारी बुम्बा रुवा वाईवा शिकार खेल्दै हाल पाँच पोखरी तीर्थस्थल रहेको स्थान पुग्दा अचानक आफ्नो अगाडी धान खेती गरिरहेको देखे, यो के अचम्म हो यस्तो हिउँ पर्ने ठाउँमा पनि खेती गर्ने को होला भनी छेउमा जादा धान खेती गर्ने लाेग्ने मानिस (महादेव) ले शिकारीलाई देख्नेवितीक्कै सम्पूर्ण धान खेती गर्ने खेताला यसै पाँच पोखरीको हाल मन्दिर रहेको स्थानमा अलप भए। यो दृष्य देख्ने व्यक्ति बुम्बा रुवा बाईवालाई यस्तो अचम्मको दृष्य देख्दा अचम्म लागेकोले यो पक्कै पनि भगवान् महादेव तथा महादेवका देवगण हुनुपर्छ भनी यहाँ मन्दिर स्थापना गर्नुपर्छ भन्ने साेची अ‍ाफ्नाे कुकुरलाई लगाईदिएको घण्टी रोपाई गर्दा गर्दै अलप भएकाे स्थानमा मन्दिरकाे स्थापना गरि फर्के ।अहिले पनि त्यहाँ धानकाे बाला खाेज्ने क्रम जारी छ।जसले धानकाे बाला भेटाउँछ सारा मनाेरथ पूरा हुने विश्वास गरिन्छ।साथै त्यस पाेखरीमा एक जाेडी हाँस रहेकाे र उक्त हाँसकाे जाेडी देखेमा सारा कामना पूरा हुने विश्वास लिईन्छ। यस क्षेत्रमा भाद्र शुक्ल एकादशी देखि जनैपूर्णिमा सम्म विशेष मेला लाग्दछ।पाँचपाेखरीकाे सुन्दरता शव्दमा वर्णन गर्नु इन्द्रकाे अगाडि स्वर्गकाे बयान गर्नु जस्तै हाे । सुन्दर पाँचपाेखरी एकपटक अवलाेकन गर्नुहाेला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here