धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प

धादिङ । गएराति ११:२३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
हल्का धक्का भएकाले भूकम्पबाट क्षति भएको सूचना नआएको ज्वालामुखी-५ का वडाध्यक्ष टंकप्रसाद काप्रीले जानकारी दिए। 
धादिङको खरी केन्द्रबिन्दु बनाएर कात्तिक  ५ गते ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यस दिन ४ म्याग्नेच्युडमाथिका आधा दर्जन बढी पराकम्प आएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here