खेर गएको जमिनमा सयपत्री फुल रोपेर आम्दानी गर्दै धादिङका दिल बहादुर गुरुङ(तस्बिर सहित)

धादिङ । सदरमुकाम धादिङबेसीको शिरान बजारमा लामो समय देखि कस्मेटिक ब्यबासाय गर्दै आउनु भएका दिल बहादुर गुरुङ पछिल्ला केही बर्ष देखि व्यावसायिक कृषि कार्यमा पनि सक्रिय हुँदै छन ।

लेकाली पशुपन्क्षी तथा अर्गानिक कृषि फाम दर्ता गरि सुरुमा सानो क्षेत्रमा अकबरे खुर्सानी बाट सुरु गरेका गुरुङले हाल करिब १२ रोपनी जमिनमा सयौं संख्यामा सुन्तला, कागती, किबि, अनार, एभोकाडो लगायतका फलफूल रोपेर सुन्दर बगैंचा निर्माण गर्ने लक्ष्यका साथ कृषि फाम संचालक गर्दै आउनु भएको छ ।

त्यस्तै फलफुल कै बगैंचा भित्र भुइँ खेतीको रुपमा बिगतका बर्ष हरुमा अकबरे खुर्सानी रोप्दै आउनु भएका गुरुङले यो बर्ष भने ३ रोपनीको क्षेत्रमा खुर्सानीको सट्टामा सयपत्री फुल रोपेर कृषि फाम नै धकमक्क बनाउनु भएको छ ।

नजिकिदै गरेको तिहारमा आफ्नै पसल बाट खुद्रा तथा होलसेल मुल्यमा ती फुलहरु बेच्ने गुरुङले होराईजन खबरलाई बताउनु भयो ।

गुरुङ भन्नू हुन्छ, हामीले गरे के हुदैन र ? सामाजिक संजाल, जिल्ला कृषि कार्यालय लगायतका विभिन्न माध्यमहरु बाट सुरुमा आवस्यक व्यावसायिक कृषि सम्बन्धि प्राबिधिक ज्ञानहरु प्राप्त गरि व्यावसायिक कृषि गरे आफ्नै गाउँ ठाउँमा बसेर मनग्ये आम्दानी गर्न सकिने बताउनु हुन्छ ।

तिहारमा सयपत्री फुल चाहिएमा सिरान बजारमा रहेको गुरुङ कस्मेटिक पसलमा गएर किन्न तथा अडर गर्न सकिनेछ । सम्पर्क : 9849243455

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here