धादिङका अनिल तमु ‘गुरुङ विद्यार्थी’को बागमती प्रदेश समितिको अध्यक्षमा चयन

धादिङ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका अनिल तमू चयन हुनुभएको छ ।
धादिङको सदरमुकाम धादिङवेशींमा प्रदेश प्रमुख लिल बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भेलाले अनिल तमूको अध्यक्षतामा बागमती प्रदेश समितिको चयन गरिएको हो । समितिको उपाध्यक्षमा मकवानपुरकी सञ्जु गुरुङ, सचिवमा चितवनका सुमित गुरुङ चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा धादिङका निशान गुरुङ, काठमाण्डौंका सुजन गुरुङ, दोलखका माधव गुरुङ चयन हुनुभएको छ । यस्तै भेलाले कोषाध्यक्ष र बाँकी सदस्यहरु पछि थप गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here