सेचेन करुणाको आयोजनामा रुबीभ्यालीमा आखा शिविर हुँदै: स्थानहरु र हुने मिति सहित

धादिङ । बिगत केहि बर्ष देखि रुबीभ्यालीको बिकासमा महत्त्वपूर्ण भुमिका खेली रहेको सेचेन करुणा संस्थाले यहीँ कार्तिक १६ गते देखि रुबीभ्यालीमा घुम्ती आँखा जाँच शिविर संचालन गर्ने भएको छ ।

जिल्लाको अन्य गाउँपालिका भन्दा अझै बिकासमा पछाडी परेको यस गाउँपालिकाको मुख्य गरि शिक्षा, स्वास्थ, कृषि लगायतको क्षेत्रलाई विशेष प्राथमिकताको साथ कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

शिविर संचालन हुने मिति र स्थानहरु कार्तिक १६ र १७ गते लापामा, १८ गते खादिङमा, १९ गते कपुरगाउमा, २० गते हिन्डुङमा, २१ गते पुरुमा, २२ गते तिप्लिङमा, २३ गते सेर्तुङमा, २४ गते बोराङमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here