सेर्की दुङमा युवा समाजको आयोजनामा सरसफाइ, तिर हान्ने र सांस्कृतिक कार्यक्रमको आयोजना

धादिङ । उत्तरी धादिङको रुबीभ्याली ३ सेर्तुङको सेर्की दुङमा युवा समाजको आयोजनामा हिन्दु धर्मावलम्बीहरुको महान चाड बिजय दशमीको पावन अवसरमा विविध कार्यक्रमहरुको आयोजना गरि सम्पन्न गरिएको छ ।

सेर्तुङ गाउँमा परापुर्ब काल देखि नै गर्दै आएको तीर प्रतियोगिता त्यस्तै बृहत सरसफाइ कार्यक्रम गरिएको थियो । त्यस्तै रुबिभ्यालीको साबिक सेर्तुङ को एतिहासिक पृष्ठभुमि (पेठिम) सेताच्यातको जगेर्ना गर्न  सेर्की दुङमा युवा समाजले पहिलो पटक सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

साथै आउदै गरेको माघे सङ्क्रान्ती लाई लक्षित गरेर medical camp संचालन गर्ने समेत क्लबले निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here