चाडपर्वको मौकामा यात्रु ठग्दै सवारी धनी,झार्लाङ-रुबीभ्याली सम्म जान १५ सय सम्म भडा

युनिस तामाङ
धादिङ।उत्तरी धादिङको ग्रामीण भेगका बस्ती खनियाबास,गंगाजमुना,रूबीभ्याली,नेत्रावतीमा जाने प्रायः सबै सडक कच्ची छन् । बर्खाको बेला भत्किएका सडक मर्मत नहुँदा ठूला सवारी गुड्न सक्दैनन् । दसैँ,तिहारमा यात्रुको चाप बढेका बेला ग्रामीण सडकमा चल्ने साना सवारी साधनले मनोमानी भाडा असुलेको पाइएको छ ।

उकालो–ओरालो र घुम्तीमा यात्रुवाहक बस जानै सक्दैनन् । त्यसैको मौका छोपेर बोलेरो जिपले मनोमानी भाडा असुलेको गुनासो यात्रुले गरेका छन् ।

चालकसहित १५ जनाको सिट क्षमता भएका सवारीले १८ जनाभन्दा बढी यात्रु बोक्ने गरेका छन् । चाडपर्व सँगै निजी सवारी साधनले यात्रुसँग असुल्ने भाडाको त झनै कुरा गरिसक्नु छैन ।

झार्लाङ देखी धादिङ सम्म ८०० भाड़ा रहेको थियो ।तर अहिले चालकहरु बिना टिकट ११ सय भंदा माथी रकम उठाएर मन लाग्दी पैसा उठाईरहेका छन।

यस विषयमा संचालक समितिका अध्यक्ष रामसरण थापालाई सोध्द ,चालकले त्यसो गरेको पाएमा कारबहि गर्ने भनेका थिए ।भने’ता पनि कुनै वास्ता नगरी चालकहरु ठागि धंदामा लागि रहेका छन।

यस विषयमा टिकट काउंटरको स्टाफ़ मणी निधिलाई यात्रुहरुको भाडा दर लिस्ट माग्दा आफुहरुसंग केहि पनि नभएको उनले बताए।यसरी शाखा प्रशासन,गाडी चलाक सबै मिलेर बस्दा पनि सम्बन्धित निकाएले ध्यान नदिदा उत्तरी धादिङका जनताहरु ठगीमा परेका छन।

यात्रुको लोड त छँदैछ, खाद्यान्न, लत्ताकपडालगायतका सामानको लोड पनि उस्तै हुन्छ । यसरी नै जोखिम मोलेर यात्रा गर्न यात्रु पनि बाध्य छन् । सदरमुकामबाट मस्ताङ गाडी चढेर गन्तव्यतर्फ जाँदै गरेका यात्रु रोज तामाङ भन्छन्, “बाटो अप्ठ्यारो छ, सबैलाई बोक्नैपर्छ भन्दै गाडीले मनलाग्दी भाडा उठाउँछ, अरु गाडी चल्दैन, त्यसैले बाध्य भएर चर्को भाडा तिरेरै हिँड्न बाध्य छौँ ।”

एक किलोमिटरको भाडा रु ५०-१०० सम्म तिर्न यात्रु बाध्य छन् । प्रतिवाद गरे चालकले गाडी चढ्नै नदिने र पैदल नै हिँड्नुपर्ने यात्रुको बाध्यता छ ।झार्लाङबाट किलोमिटरको दूरीमा रहेको डुनडुरे गएको भाडा रु एक सय १०० तिर्नुपरेको तामाङले सुनाए ।

सदरमुकाम धादिङबेँसीबाट जिल्लाको उत्तरी क्षेत्रमा जोड्ने टोड्के भन्ने ठाउँ करिब १५ किलोमिटरको दूरीमा छ । धादिङबेँसीबाट उत्तरी धादिङ जोड्ने सिमाना किन्ताङफेदीसम्मको दूरी जम्माजम्मी २७ किलोमिटर छ । यी सडकमा गुड्ने मुस्ताङ जिपले १५ देखि ३० किलोमिटरसम्मको भाडा रु पाँच सयदेखि १५ सय असुल्दै आएका छन् । त्यो पनि सामानको भाडा छुट्टै तिर्नुपर्छ । नीलकण्ठ नगरपालिका–३ धादिङबेँसीबाट नेत्रावती–५ जाँदै गर्नुभएका तुलबहादुर तामाङ भन्छन्, “अघिल्ला वर्षहरूमा रु दुई सय भाडा थियो, अहिले रु ७ सय लिन्छन् ।”
यातायात व्यवस्था विभागको भाडादर हेर्ने हो भने कच्ची, हिलेधुले र पहाडी बाटोमा प्रतिकिलोमिटर पाँच रुपैयाँ ५० पैसा भाडादर छ ।

सदरमुकामबाट जिल्लाको रुबीभ्याली,खनियाबास,रि,नेत्रवतीका बस्तीमा पुग्ने सवारी साधनले यसरी मनोमानी भाडा असुलिरहेका छन् ।

पछाडि र छतमा समेत टनक्कै सामान कोचेर हिँड्ने सवारी साधनका कारण जोखिमपूर्ण त छँदैछ चर्को भाडा तिर्नु यात्रुको बाध्यता पनि छ । “कच्ची सडकमा यात्रुबाहक बस जान सक्दैनन्, साना गाडी नचढे हिँड्नुको विकल्प छैन”, झार्लाङबाट सदरमुकाम आउनुभएका यात्रु सिमोन तामाङले भने, “बाटो राम्रो नभएकाले बस हिँड्दैनन्, बाध्यताले मस्ताङ जीप चढेर हिँड्नुपर्छ ।”

यस्ता मस्ताङसँग बाटो इजाजतपत्र हुँदैन । क्षमताभन्दा तेब्बरसम्म लोड बोक्छन् । टनक्कै सामानमाथि छतमा र पछाडिको भागमा समेत मान्छे झुण्ड्याएर यात्रा गराइरहेका छन् । सदरमुकामबाट ग्रामीण बस्तीमा जाने मस्ताङले जोखिमपूर्ण यात्रा गराइरहँदा ट्राफिक प्रहरी निरीह छन् । दुर्घटना भइहाल्यो भने आउने समस्याको चालकले ख्यालै गरेका हुँदैनन् । 

चालक भने कच्ची सडकमा जोखिम मोल्न परेकै कारण भाडादर महँगो लिनुपरेको बताउँछन् । “एकपटक गाउँ गएर फर्किँदा तेल खर्च र मर्मत खर्च छुट्याउँदा उल्टै घाटा लाग्छ, बाटो सजिलो भइदिए त भाडा पनि सस्तोमा बोक्न सकिन्थ्यो”, चालक चालकले भने ।
एउटा जिपले १५ देखि २० जनासम्म यात्रु बोक्छ । त्यसमा खाद्यान्न, लत्ताकपडा लगायतका सामान पनि उत्तिकै हुन्छ । जोखिमपूर्ण तरिकाले यात्रु ओसारपसार गरेर चर्को भाडा उठाएको विषयमा आधिकारिक यातायात व्यवसायी प्रालि पनि अनभिज्ञ नै छन् ।

निजी सवारीले चर्को भाडा उठाएर जोखिमपूर्ण यात्रा गराइरहेको देखे पनि कसैले बोल्न सकेका छैनन् ।

हुन त संयुक्त यातायात बस तथा जिप व्यवसायी सङ्घमार्फत उत्तरी धादिङ चल्ने जिपले पनि मस्ताङले जत्तिकै भाडा उठाइरहेका छन् । छतमा र पछाडिको भागमा पनि यात्रु कोचेर जोखिमपूर्ण यात्रा गरिरहेको प्रति स्थानीय प्रशासन पनि मौन  छ ।

स्थानीय सरकारले पनि बिग्रिएका कच्ची सडक स्तरोन्नति गरेर ठूला बस सञ्चालनमा ल्याउनेतर्फ ध्यान दिएको देखिँदैन । दसैँ सुरु भएदेखि झनै यस्ता साना सवारीको मनोमानी बढेको छ । बर्खाको बेला बाटो खराब छ भन्दै महँगो भाडा उठाउँदै आएका सवारी साधनले चाडपर्वमा यात्रुको चाप बढेसँगै अनेकन बहानामा भाडा बढाएको गुनासो यात्रुले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here