उत्तरी धादिङको सडक विगत ५ महिना देखि अवरुद्ध, सडक सरसफाइ,पहिरो पन्छाउने कार्य नगर्दा स्थानीयहरु पिडामा’


धादिङ।विगत ५ महिना देखी रुबिभ्यालि ,खनियाबास र गङगजमुनाको जनताहरु सडक अवरुद्ध र वर्षात कारण सडक सन्जालबाट टाढा हुँदै आइरहेको छ।
मौसम प्रतिकुल,चाडपर्व नजिकिदै गर्दा सडक सरसफाइ र पहिरो पंचछ्यउने कार्य नगर्दा त्यहाँका स्थानीयहरुले सास्ती खेप्नु परेको छ।

चाडपर्वमा आफंत भेटघाट,समाग्री किनबेच,लामो विदा भएको हरु घुमघाम जाने समय हुँदा पनि सरोकारवाला र स्थानीय सरकारले सडक सरसफाई,पहिरो पन्छाउने कार्य नगर्दा स्थानीयहरु फेरि सदरमुकाम पुग्नै २,३ दिन लाग्ने र सडक सरसफाई कार्य चाडै खाद्यनन,लत्ताकपडा सबै महँगो हुन पुगेको स्थानीयको गुनासो छ।

सडक सरसफाई कार्यलाई चाडै गरोस भन्ने स्थानीय जनताको आम चासो र चाहना रहेको छ।अहिले नेपालीहरुको महान चाड दशै नजिकिदै गर्दा बाटोको कारण यात्रा खेप्नु पर्दा उत्तरी धादिङका जनताहरु बढ़ी चिन्तित छन।

खनियाबास एक’का स्वास्थ्य चिकित्सक युएन तामाङ लेख्नछन”
-करोडौंको लगानीमा बनेको ड्याम जुन गाउँघरमा अन्न राख्न चोयाले बनाएको भकरी जत्तिकै पातलो र भकारी जस्तै बिना जगको बनाउछ, २ बर्ष पनि खप्दैन मेरो विचारमा त्यो ड्याम बनाएर बागर माथी यत्तिकै ठडाइदिने इन्जिनियर र ठिक छ भनेर पास गरि पैसा निकालीदिने हाकिमहरु केही काम नलाग्ने जोक्कार नै हुनुपर्छ यिनीहरूले हामीलाई पनि जोक्कर बनायो ।यो ड्यामको अवस्था देखेर यहाँ एक्लै हासे ।जनप्रतिनिधि जनताको चासो केही छैन। हिउँदमा सुकिजाने खोलामा पुल बनाउने तर्फ तम्सिरछन यसको बिषयमा संसद बैठकमा समेत कुरा उठ्छ्न , पुल बनाउने तमासा पनि चाडै देख्न पाइयोस् र धर्नाको दुइओटा पहिरो छ्लाएर बिकल्प खोज्दैन र लिङ्लिङ ग्याप खोलाको पुल पूरा गर्दैन तब सम्म बन्न लगेको पुलबाट पनि खनियाबास र रुवीभ्याली गा.पा लाई केही फाइदा छैन भनेर लेखेका छन।

त्यस्टै”
खनियाबास-२ झार्लाङका स्थानीय परेम तामाङ भंछन ‘

-सडक सरसफाइ नगर्दा झार्लाङमा उत्पादित आलु बजारिकरण गर्न नसक्दा आलु कुहिने चिन्ता पनि छन।आलु,खुर्शनि,लगायत अन्न बालीहरु बेचेर चाडपर्व खर्च,जोहो गर्ने किसानहरु यस्तो महँगीको बेलामा दशै मुख्य गरि सडक संजालबाटै पिडित रहेको छ।यस्तो बेलामा न कर्मचारीलाई चासो छ,न जनप्रतिनिधिलाई,न मिडियालाई छ,जम्मै मौउन अवस्थामा रहेको उनको भनाई छ ।

दशै नजिकिदै गर्दा सडक संजाल जस्तो महत्वपुर्व विषयलाई लिएर जनप्रतिनिधि( छोटे राजा)हरुले स्थानीय पिडाहरु वेवस्ता गरेको जनगुनासो छ। यस्तो बिशम परिस्थितिमा अध्यक्ष,प्रशासकीय प्रमुखहरुले उत्तर दिनु पर्ने ठाउमा,उल्टै जनतासंग प्रश्न खोजीरहेको उनीहरु भनाइ छ।यस्तै लापरवाहीले गर्दा बर्शै पिच्छे उत्तरी धादिङको जनताहरुले आफ़ंत घुमाउनु पर्ने पिडाहरु अहिले पनि ताजै छ।सस्तो लोकप्रियताको लागि गरेको सरसराई बिचौलीयसंग मिलेर गैरज़िम्मेवारी पूर्ण रूपमा गरेको रितिरिवाज अहिले पनि ताजै छ।

उत्तरी धादिङको जनताले पंचायतकाल देखी अहिलेका वडा अध्यक्ष सम्म जम्मैलाई जिताएर पठाए तर जनताको जनजीवन,गुणस्टरमा भने केहि उदाहरणिय काम भएन ।पुलहरु नबनेकै कारण ५ महिना जनताले पैदल यात्रा गर्नु पर्छ,बिरामीको बाटोमै मरण हुंछ ,अहिले दशै आऊदै गर्दा बाटोकै कारण पैदल हिडदा फटाह लाग्ने डर छ,यस्तो बेलामा नागरिकको सुरक्षामा वास्त नगरेको देखींछ।

फोटो -युएन तामाङ,परेम तामाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here