प्रेस सेन्टर नेपाल खनियाबासको अध्यक्षमा अनिता सुनार चयन

धादिङ । प्रेस सेन्टर नेपाल खनियाबास गाउँ पालिकाको तेस्रो भेला सम्पन्न भएको छ ।
मंगलबार एक भेलाको आयोजना गरि अनिता सुनारको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा देव बहादुर तामाङ, सचिवमा विरे लोप्चन सह–सचिवमा प्रशान्त तामाङ र कोषाध्यक्षमा उपासना तामाङ चयन भएका छन् ।

पत्रकार एबं कलाकार सन्दिप स्याम्चेनको अध्यक्षता नेकपा माओवादी केन्द्र धादिङको जिल्ला संयोजक मनराज भण्डारी शैलेशको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा खनियाबास गाउँ पार्टी सचिव मनिल तामाङ,युवा नेता विमल तामाङ लगायत प्रेस सेन्टर धादिङका पत्रकारहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here