भारतसँग नेपालको यात्रा क्वार्टरफाइनलमै समाप्त

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाली टोली क्वार्टरफाइलमै पराजित भएको छ । मंगलबार खेलिएको क्वार्टरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको हो । हारसँगै एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ ।

भारतले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ७९ रनमात्र बनाउन सक्यो । 

नेपालले पहिलो विकेटका रूपमा ओपनर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको थियो । उनी १० रन बनाउँदै पेभेलियन फर्किए । आसिफले ६ बलको सामना गरी एक छक्का र एक चौका पनि हिर्काए । उनलाई भारतीय बलर अभेष खानले विकेटपिकर जितेश शर्माद्वारा क्याच गराएका थिए । ३.४ ओभरमा उनी आउट हुँदा नेपालले २९ रन बनाएको थियो । अर्का ओपनर कुशल भुर्तेल १६ रन बनाउँदै क्रिजमा छन् । नेपालले दुई सय तीन रनको लक्ष्य पछ्याउँदै छ ।

दोस्रो विकेटका रूपमा नेपालले कुशल भुर्तेललाई गुमाएको थियो । भुर्तेल २८ रन बनाउँदै आउट भएका हुन् । उनले ३२ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए । उनलाई भारतीय बलर साई किशोरले अभेष खानद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले ८.५ ओभरमा ६२ रन बनाएको थियो । 
तेस्रो विकेटका रूपमा नेपालले कुशल मल्ललाई गुमाएको थियो । उनी २१ बलमा दुई छक्का र दुई चौकाको मद्दतले २९ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । १०.३ ओभरमा उनी आउट हुँदा नेपालले ७६ रन बनाएको थियो । उनलाई भारतीय बलर रवि विस्नोईले अर्सदिप सिंहद्वारा क्याच गराएका थिए ।
नेपाली टोलीले चौथो विकेटका रूपमा कप्तान रोहित पौडेललाई तीन रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । उनलाई भारतीय बलर रवि विस्नोईले एलबीडब्लूको धरापमा पारेका थिए । उनी आउट हुँदा नेपालले ११ ओभरमा ७७ रन बनाएको थियो ।
नेपालले पाँचौँ विकेटका रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । उनी १५ बलमा चार छक्काको मद्दतले ३२ रन बनाउँदै आउट भए । उनलाई रवि विस्नोईले साई किशोरद्वारा क्याच गराएका थिए । १४.२ ओभरमा उनी आउट हुँदा नेपालले एक सय २२ रन बनाएको थियो ।  
त्यसअघि उनले १३.२ ओभरमा नेपाललाई एक सय रन पुरा गराएका थिए । दीपेन्द्रले छक्का प्रहार गर्दै टोलीको एक सय रन कटाएका थिए । त्यसपछि पनि लगातार दुई बलमा उनले छक्का हिर्काएका थिए । त्यसपछि उनी आउट भएका थिए । 
नेपालले छैटौँ विकेटका रूपमा सन्दीप जोरालाई गुमाएको थियो । उनी १२ बलमा तीन छक्का र एक चौकाको मद्दतले २९ रन बनाउँदै आउट भएका हुन् । उनी आउट हुँदा नेपालले १५.४ ओभरमा एक सय ४० रन बनाएको छ । त्यतिबेला नेपाललाई जितका लागि २५ बलमा ६२ रन आवश्यक थियो । सन्दीप जोरालाई अर्सदिप सिंहले जैसवालद्वारा क्याच गराएका थिए । 
नेपालले सातौँ विकेटका रूपमा सोमपाल कामीलाई गुमाएको थियो । उनी पाँच बलमा एक छक्काको मद्दतले सात रन बनाउँदै आउट भएका थिए । उनी आउट हुँदा नेपालले १७ ओभरमा एक सय ५६ रन बनाएको थियो । उनलाई अभेष खानले साई किशोरद्वारा क्याच गराएका थिए ।
आठौँ विकेटका रूपमा गुल्सन झा पेभेलियन फर्किएका हुन् । उनी ६ रन बनाउँदै आउट भएका थिए । उनको विकेट अर्सदिप सिंहले लिएका थिए । उनलाई अर्सदीपले जैसवालद्वारा क्याच गराएका थिए । नवौँ विकेटका रूपमा सन्दीप लामिछाने आउट भएका थिए । उनी पाँच रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनको विकेट अभेस खानले लिए । 
उनी आउट हुँदा नेपाललाई जितका लागि ६ बलमा ३० रन आवश्यक थियो । करण केसी १८ रन बनाउँदै अविजित रहे । उनले १३ बलमा दुई छक्का र एक चौका हिर्काए । अविनाष बोहरा शून्य रनमा अविजित रहे । 
त्यसअघि टस जिती पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो । भारतका लागि ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले एक सय रन बनाए । जैसवाल र रुतुराज गाइकवाडले ओपनिङ विकेटका लागि एक सय तीन रनको साझेदारी गरेका थिए । गाइकवाड २५ रन बनाउँदै आउट भए ।
भारतका लागि शिवम दुबेले अविजित २५ रन र रिन्कु सिंहले अविजित ३७ रन बनाए । नेपाली बलर दीपेन्द्र सिंह ऐरीले दुई तथा सन्दीप लामिछाने र सोमपाल कामीले एक—एक विकेट लिए । नेपालको फिल्डिङ खासै प्रभावकारी देखिएन । नेपाली फिल्डरले केही गतिला अवसरलाई खेर फालेका थिए ।
भारतको पहिलो विकेट नेपाली बलर दीपेन्द्रसिंह ऐरीले लिएका थिए । उनले भारतका ओपनर ब्याट्सम्यान रुतुराज गाइकवाडको विकेट लिएका हुन् । उनले रुतुराजलाई २५ रनको व्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । रुतुराज भारतीय टोलीका कप्तान पनि हुन् । पहिलो विकेट गुमाउँदा भारतले ९.१ ओभरमा एक सय तीन रन बनाएको थियो । 

यसैगरी भारतीय टोलीको दोस्रो विकेट सोमपाल कामीले लिएका हुन् । उनले भारतीय ब्याट्सम्यान तिलक बर्मालाई दुई रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए । सोमपालले तिलकलाई बोल्ड गरेका हुन् । दोस्रो विकेट गुमाउँदा भारतले ११.४ ओभरमा एक सय ११ रन बनाएको थियो । 

यसैगरी भारतको तेस्रो विकेटका रूपमा जितेश शर्मा आउट भएका थिए । उनको विकेट नेपाली बलर सन्दिप लामिछानेले लिएका हुन् । सन्दीपले उनलाई पाँच रनको व्यक्तिगत स्कोरमा आफ्नो बलिङमा आफैले क्याच गरे । भारतले तेस्रो विकेट गुमाउँदा १२.५ ओभरमा एक सय १९ रन बनाएको थियो ।
यसैगरी दीपेन्द्रसिंह ऐरीले भारतको चौथो विकेट लिएका थिए । उनले भारतका ओपनर ब्याट्सम्यान यशस्वी जैसवाललाई पेभेलियन फर्काएका थिए । जैसवाल शतक बनाएलगत्तै पेभेलियन फर्किएका थिए । ऐरीले उनलाई अविनाष बोहराद्वारा क्याच गराएका थिए ।

चौथो विकेट गुमाउँदा भारतले १६.२ ओभरमा एक सय ५० रन बनाएको थियो । 
पेभेलियन फर्किनुअघि जैसवालले ४९ बलमा सात छक्का र आठ चौकाको मद्दतले शतक पुरा गरेका थिए । उनी टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक पुरा गर्ने ब्याट्सम्यान बनेका छन् । मंगलबार नेपालविरुद्ध शतक बनाउँदा उनको उमेर २१ वर्ष दुई सय ७९ दिन पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here