म्हेन्दोमाया कलाकार संघ नेपालको अध्यक्षमा आरम्भ थोकर सर्वसम्मत चयन


धादिङ।म्हेन्दोमाया कलाकार संघ नेपालको अध्यक्षमा आरम्भ थोकर तामाङ चयन भएका छन्।संघको हिजो काठमाडौमा सम्पन्न अधिवेशनले आरम्भ थोकर तामाङको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।

तामाङ कला संरक्षण तथा प्रबर्द्धन भन्ने नाराका साथ कार्यसमितिको उपाध्यक्षमा रूपा देवी घले, महासचिवमा कृति तामाङ, सचिवमा सिशिर थोकर र कोषाध्यक्षमा मान ब. गुरुङ चयन भएका छन्।त्यस्टै केन्द्रीय सदस्यहरु फुल माया तामाङ,ममता गुरुङ, शान्ति तामाङ, लक्ष्मी गुरुङ र एरिन तामाङ,लोकेंद्र तामाङ,सीता लामा,संचु लामा,संजु थोकर,राजु खड़का,संदिप स्यम्चेन,ऋतु लामा चयन भएका छन्।

संघका निवर्तमान अध्यक्ष (वाङचु)राम गोम्ज तामाङको सभापतित्वमा भएको कार्यक्रममा आर्थिक ममिला मन्त्री तथा योजना मन्त्री बहादुर सिं लामा प्रमुख अथित्य र बिशिस्ट पुर्व राज्य मन्त्री दिलमान तामाङ,पुर्व राज्य मन्त्री परशुराम तामाङ,अतिथिहरु ,म्हेन्दोमाया समाजका संस्थागत अध्यक्ष बिगेन्द्र वाईवा तामाङ,म्हेन्दोमाया कलाकार संघका केन्द्रिय संस्थापक अध्यक्ष सागर एस वाइबा ,म्हेन्दोमाया कलाकार संघका सलाहकार राज किङ वाइबा ,चर्चित गायिका रमला पाख्रिन ,पहिलो म्हेन्दोमाया कलाकार लेक योंजन ,पत्रकार विधाबाट संदिप स्याम्चेन (अग्नि)तामाङ लगायत पार्टीका प्रतिनिधिको आतिथ्यतामा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here