राजु स्यम्चेन तामाङ`द्दारा अभिनित पहिलो म्युजिक,भिडियो जादैछु पर्देश सार्वजनिक

संदिप स्यम्चेन(अग्नि)
धादिङ। गायक तथा सर्जक सन्दिप स्याम्चेन तामाङको शब्द रचनामा राजु स्याम्चेन तामाङ (झ्याप्ले) को नेपाली लोक पप गित ‘जादैछु परदेश’ आज सार्वजनिक भएको छ ।

नेपालीहरुलाइ आमा को गर्व मै ग्यास्टिक र जन्मेर ठूलो भएसी हरियो पासपोर्ट र अर्काको देशमा बिदेशिनु बाध्यता यो चलेको चलन नै भयो । सोही अनुरुप बिगत लामो समय सम्म तामाङ तथा नेपाली गित संगीत क्षेत्रमा पाइला टेक्दै आएका गायक तथा सर्जक सन्दिप स्याम्चेन तामाङको शब्द रचना, राजु स्याम्चेन तामाङ (झ्याप्ले) को नेपाली लोक पप गित जादैछु परदेश हिजो काठमाडौको धापासी स्थित द क्रन्च बर्गर हाउसमा एक बिमोचन समारोह कार्यक्रम गरि बजार व्यावस्थापन गरिएको छ ।

कार्यक्रमका सभापति राजु स्याम्चेन तामाङ रहेको थियो,प्रमुख अतिथी पुर्व आर्थिक तथा मामिला योजना मन्त्रालय सुदुरपश्चिम प्रदेश सरकार एवम कंचनपुर क्षेत्र नम्बर -१ का संघिय सांसद माननीय तारा लामा तामाङ ज्यु को रहेको थियो। विशेष अतिथि धादिङ जिल्ला नेकपा एकीकृत समाजबादी पार्टि का युवा संघ धादिङको अध्यक्ष प्रदिप फ्युवा तामाङ र तामाङ म्हेन्दोमाया कलाकार संघका सस्थापक अध्यक्ष,सगर एस वाइबा, बरिस्ठ संगीतकार राजु खड्का,निवर्तमान म्हेन्दोमाया कलाकार संघका अध्यक्ष राज किङ वाइबा,नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति अध्यक्ष दिपक लोप्चन तामाङ लगायत चर्चित तामाङ तथा नेपाली गित संगीत क्षेत्रका कलाकारहरु पत्रकारहरुको उपस्थितिमा जादै छु पर्देश म्युजिक भिडियो बिमोचन समारोह कार्यक्रम सम्पन्न गरेको थियो ।

कार्यक्रमको अवसरमा विशेष अतिथी,प्रमुख अतिथी ज्युहरुले गित र भिडियो साह्रै राम्रो बनेको र प्रत्येक नेपालीहरुको मन छुने शब्द,लय आवाज अनि अभिनय रहेकोले समय सन्दर्भिक म्युजिक भिडियो रहेको भनी शुभकामना तथा बधाई दिनु भएको थियो ।

म्युजिक भिडियो बिमोचन समारोहको अवसर पारेर बरिस्ठ संगीतकार राजु खड्का ,बरिस्ठ निर्देशक एम बि गुरुङ, चर्चित एरेन्जर वाङ्च्यु फ्युवा र गायक तथा रचनाकार सन्दिप स्याम्चेन तामाङ लाई सम्मान गरिएको थियो।

उक्त म्युजिक भिडियोमा शब्द रचना -सन्दिप स्याम्चेन तामाङ,लय- हस्त तामाङ, आवाज -कलमान घिसिङ,संगीत संयोजन -वाङ्च्यु फ्युवा तामाङ,निर्देशन -एम बि गुरुङ, अभिनय-राजु स्याम्चेन तामाङ/सबिता राई र धानु तामाङ,मेकअप-बिना घले,छायांकन तथा ड्रोन-मरुभुमी नारायण,सम्पादन-रोशन धिताल बजार व्यवस्थापन Osr Digital अर्थात ओ एस आर ले सार्वजनिक गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here