किन्ताङफेदी बेलिब्रीज पुलको आज शिलान्यास, पुलको काम ५० दिनमा सकिने

धादिङ । उत्तरी धादिङ जोड्ने महत्वपूर्ण नाका किन्ताङफेदी खोलामा बेलिब्रीज पुलको आज एक कार्यक्रमका बीच शिलान्यास भएको छ ।
संघीय सरकार र स्थानीय सरकारको साझेदारीमा कुल १ करोड १० लाखमा बन्ने उक्त बेलिब्रीज पुलको गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ र स्थानीय जेष्ठ नागरिक वीर बहादुर तामाङले आज संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

नेपाली सेनाको प्राविधिक सहयोगमा बन्ने यस १३२ फिट लामो बेलिब्रीज पुलको काम ५० दिनमा सकिने बताईएको छ ।
साभार धादिङ पोष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here