झार्लाङ-१ शिंला देवी मा.वि मा,५९ औ बाल दिवस भव्यताका साथ सम्पन्न

उत्तरी धादिङको खनियाबास-१, शिङ्गला देवी माध्यमिक विद्यालयमा ५९ औ बाल दिवस भब्यताका साथ सम्पन्न भएका छन ।
आज बाल दिवसको अवसरमा “बालबालिकामा लगानी सुनिश्चित भविस्यको थालनी भन्ने मुल नाराका साथ सिर्जनशील बाल क्लबको आयोजनामा सस्कृतिक कार्यक्रम गरिएको हो ।

बाल क्लबका अध्यक्ष अजय तामाङको सभा अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक बिमल लामा तामाङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न बिधामा प्रतिस्पर्धा गरिएको थियो ।

विशेष गरि विद्यालयमा शिक्षाको राष्ट्रिय उदेश्यले राखेका उदेश्य पूरा गर्नको लागि समय- समयमा विभिन्न किसिमको अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आइरहेको यस विद्यालयमा शुक्रबार बाल दिवसको अवसर पारी ३ विधा तर्फ प्रतिस्पर्धा गराइएको विद्यार्थीका शिक्षक हर्क योन्जन तामाङ जानकारी दिनुभयो ।

गायन, कविता र नित्य प्रतियोगिता गरि विद्यालयले बाल दिवस २०८० भब्यताका साथ मनाएको तामाङले जानकारी दिनुभयो ।

प्रमुख अतिथिका रूपमा रहेका प्रधानाध्यापक बिमल लामा तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै बाल दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो । विद्यार्थीको सर्वांगीण पक्षको विकास गर्ने थलो विद्यालय भएको दावी समेत गर्नुभएको थियो । विद्यार्थी जीवन भनेको आफ्नो भबिस्यको खाका कोर्ने समय भएको हुनाले प्रत्येक विद्यार्थीहरु यस्तै विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सारिक भइ आफुमा भएको प्रतिभालाई बाहिर देखाउनको लागि अनुरोध गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here