धादिङ । ज्योमो युङ्बा स्वस्थ आमा समूहको अध्यक्ष नितिका तामाङ को नेतृत्व मा खानियाबास वडा न ५ माहुर मा २ दिने सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
साथै सरसफाइ कार्यक्रममा सहभागीहरु लाई सोही वडाका अध्यक्ष रबिन कुमार तामाङले खाजाको ब्यबस्था गरे संगै सबै माहुर गाउँका टोल बासीहरु अत्यन्तै खुसी भएका समुहका अध्यक्ष नितिका तामाङले होराईजन खबरलाई बताउनु भयो ।
हरेक हप्ता आफ्नो गाउँटोल सरसफाइ कार्यक्रमलाई निरन्तर गरिरहने त्यस्तै प्रत्येक महिनाको १४ गते सबै आमा समुहको सदस्यहरुको बैठक बसि छलफल गर्ने र मुख्य कार्यक्रम सर्सफाइ र स्वास्थ सम्बधी शिक्षा दिने आपतकालिन समस्या परेकालाई तुरुन्तै उदार गर्ने। गर्भवती माहिला र सुत्केरी माहिला लाई पोषणयुक्त खानाको केही मात्रा भए पनि ब्यबस्थापन गरिदिने ज्योमो युङ्बा स्वस्थ्य आमा समुहको अध्यक्ष नितिका तामाङ को प्रतिबद्धता रहेको छ ।