साबिक झार्लाङ कै पहिलो सफा,स्वच्छ गाऊँ बन्यो छाप्चेत टोल

धादिङ ।

गत फाल्गुन ५ गते, वडा आध्यक्ष सोनाम तामाङको सभापतित्वमा र गाउपालिका उपप्रमुख सेक्केमान तामाङको प्रमुख आतिथ्य र सहजीकरणका परियोजना संयोजक इन्द्रमान शाक्य, टोल स्तरिय सरसफाइ समितिका आध्यक्ष -शेरबहादुर तामाङ ज्यु ,को प्रमुख अथित्यमा ,छाप्चेत गाऊँ,लाई साबिक झार्लाङकै पहिलो सफा टोल घोषण गरेका हुन ।

शान्ति नेपाल र खनियाबास गाउपालिकाको सहकार्यमा संचालित पुर्ण सरसफाइ अन्तर्गत ´पुर्ण सरसफाइ अभियान समृद्दिको पहिचान `भन्ने मुल नाराका साथ खनियाबास गाउपालिका वडा न.१ छाप्चेत टोललाई साबिक झार्लाङ गा.वि.स,को पहिलो र खनियाबास गाउपलिकाभरिमा सातौ ( नमुना, स्वच्छ र सफा गाउँ घोषणा थिए।

पारि पहाडका टुप्पाहरुमा सेता मजेत्रो गुथे जस्ता शिखरहरूको काखैमा अवस्थित छ,छाप्चेत गाउँ । धादिङको लेकाली भेग दार्खाबाट उकालो उक्लिए पछी कृषि पर्यटन र सांस्कृतिक विरासत बोकेको छाप्चेत गाउँ पुगिन्छ । गाउँ मुक्त बनिसकेकेको काठमाडौं सभ्यताबाट गणेश हिमाल फेदीको छाप्चेत गाउँ पुग्नु जम्माजम्मी एक दिनकै कुरा हो ।

धादिङको खनियावास गाउँपालिका स्थित वडा नम्बर .१,(साबिकको वडा नम्बर पनि १ )एक;मा नै रहेको, छाप्चेत गाउँ सांस्कृतिक र प्राकृतिक सम्पदाले भरिपूर्ण गाउँ हो । यहाँ करिब ४५-देखी ६० घरधुरी र २००-३ सय परिपरी जनसंख्या छ ।

खनियावास विद्रोह’ पूर्व यस भेगमा तामाङ र, घलेहरूको बसोबास थियो । हाल यो टोलमा तामाङहरु मात्रै छ । यस टोलमा ल्होसार भर्खर–भर्खरै मात्रै मनाउन थालिएको छ । तामाङ त्यस मध्येमा पनि (रोङ र ग्रोङ) थरको बाहुल्यता रहेता पनि,ल्होछारले यति पछि मात्रै मान्यता पाउनु आफैँमा अचम्म लाग्दो विषय छ । प्राकृतिक भ्यू टावरको रूपमा छाप्चेत गाउँदेखि माथि ‘क्रत्यनचा,को प्लेङ र थाङरे पोक्चो’ छ, जहाँबाट गाउँ छर्लङ्गै देखिन्छ ।

दलग्रोङ तामाङ भन्नू हुन्छ :

कुनै बेला थङनी लामा,सेतेन खेक्पा,सिङगङथेन,लापाली घलेले, मानव बस्ती बसाउने विचार गरेछन् । सोही सिलसिलामा गिलिङ्चो (हिमाल)बाट उत्तर पट्टि,हाल छाप्चेत गाउँ हो ,

सभ्यता बोकी बसेको छाप्चेत गाउँको वास्नादार लेकाली माटोमा हिउँ आएर कहिले कहि थपक्क थपक्क बसीरहेका हुन्छन् । खनियावास गाउँपालिका वडा नम्बर १ स्थित छाप्चेत गाउँमा अवस्थित याब्रको ज्युङ, उङगुल ज्युङ,यपिङ,तेङकरच्यात र यहाँका बस्ती यस टोलका घुम्न योग्य ठाउँहरू हुन् ।यसैगरी, छेसङ गोरोमको ढुङ्गामा अक्षर कुँदिएका मन्त्रहरूको संरक्षण थलो हो ।छेसङ गोरोम नियाली रहँदा लामा गुरु धर्मको अस्तित्व अलगअलग भइकन पनि समानान्तर तरिकाले यस भेगमा अगाडि बढिरहेको पाइन्छ ।भने हाल ज्यादा कृष्टियानहरुको बहुल्याता छ ।

छाप्चेत गाउँमा विभिन्न नगदे बाली, अन्न र तरकारी उत्पादन हुन्छ । अधिकांश मानिसहरू कृषि पेसामा निर्भर छन। पछिल्लो वर्षमा युवा पुस्ता नयाँ आयाममा साना–मझौला व्यापार–व्यवसायमा संलग्न हुन् थालेको छन । छाप्चेत गाउँ सफा र ऐतिहासिक, सांस्कृतिक पाटो प्रति चर्चा–परिचर्चा छ।

बदलिँदै छ गाउँ, बदलिँदैछन् गाउँले
शेर बहादुर तामाङ’को भनाइ’
‘विकास भनेको के हो र ? के भइरहेको छ ? पहिले हस्पिटल थिएन, अहिले छ । आमा समूहको बनेको छ । पहिले खानेपानी पनि थिएन, लाइन लागेर बस्नुपथ्र्यो । स्थानीय सरकार बने यता छाप्चेत गाउँमा धेरै बदलाव आएको छ । भुईचालो पछि गाऊँको कतिपय ठाऊहरुमा जान’लाई सिँढीहरू पनि थिएन, अहिले भइसक्यो । कति गरेन मात्रै भन्नु ? गाउँपालिकाले गरेकै छन ।
यूनिस तामाङ/फोटो-सागर तामाङ

  
 
  
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here