धादिङका शिक्षकहरु,शिक्षा समन्वय ईकाई कार्यालय भवन अगाडी ३ घण्टा धर्नामा’

धादिङ । आईतबार जिल्लाका सबै स्थानीय तहमा शिक्षक महासंघ तर्फबाट ज्ञापन बुझाएका धादिङका शिक्षक नेताहरुले आज शिक्षा विकास तथा समन्वय ईकाई, धादिङको कार्यालय भवन अगाडी ३ घण्टा धर्नामा बसेका छन् ।

सरकारले प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउनु पर्ने माग गर्दै देशभरका धर्ना दिने केन्द्रिय कार्यक्रम अनुसार धादिङका शिक्षक नेताहरुले पनि धर्ना दिएका हुन् ।

धर्ना कार्यक्रममा नेपाल शिक्षक महासंघका केन्द्रीय सचीव अर्जुनबहादुर नगरकोटी, एकीकृत अखिल नेपाल शिक्षक संगठन बागमती प्रदेश अध्यक्ष शंकर अधिकारी, नेपाल शिक्षक संघ बागमती अध्यक्ष दिपक सिंखडा, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य सरोज खतिवडा, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य रामबहादुर खतिवडा लगायतका शिक्षक नेताहरु सहभागि थिए ।
माध्यमिक शिक्षासम्मको अधिकारलाई स्थानीय तहको एकल अधिकारको सूचीमा राख्न नहुने माग राख्दै आएको महासंघले विधेयकमा विद्यालय शिक्षाको अधिकार अधिकांश जिम्मेवारी स्थानीय तहलाई दिने व्यवस्था ठिक नभएको जनाएको छ ।

स्थायी, अस्थायी, करार, राहत, साविक उच्च माध्यमिक विद्यालय, बालकक्षा, विशेष कक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धारलगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारीका माग विधेयकले सम्बोधन नगरेको नेपाल शिक्षक महासंघले जनाएको छ । सरकारले विधेयक सच्याएर माग पूरा नगरे अनिश्चितकालिन विद्यालय बन्द गरिने समेत महासंघले जनाएको छ ।

साभार-धादिङ पोस्ट

फोटो-युनिस लामा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here