हान धादिङको अध्यक्षमा राजाराम सिलवलाल

धादिङ । होटल एसोसिएशन अफ नेपाल (हान) धादिङको अध्यक्षमा राजाराम सिलवलाल चयन भएका छन् ।

जनजिविका होटलका संचालक रहेका अध्यक्ष सिलवाल विगत लामो समयदेखि होटल व्यवसायमा आवद्ध रहि नेपालको पर्यटन उद्योगको प्रवर्द्धन, विकास तथा संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

त्यस्तै सम्पन्न भेलाले हान धादिङको वरिष्ठ उपाध्यक्षमा झमक खड्का, उपाध्यक्षमा क्रिक रिसोर्टका संचालक गोविन्ध भण्डारी, महासचिवमा विश्वराम दुवाडी, सचिवमा राममहरि बराकोटी, कोषाध्यक्षमा कल्याण थापा चयन भएका छन् ।

यस्तै सदस्यहरुमा सुरेन्द्र श्रेष्ठ, सुवास बस्याल, पुरुषोत्तम रेग्मी, संगित थपलिया, विनोद थपलिया र सुयोश मरहठ्ठा चयन भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here