मुवाँथाई धादिङको प्रथम अधिबेशन सम्पन्न

धादिङ । नेपाल राष्ट्रिय मुवाँथाई जिल्ला शाखा धादिङको नयाँ कार्यसमितिको गठन गरिएको छ ।

मिलन तामाङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिको चयन गरिएको हो । त्यस्तै भेलाले उपाध्यक्षमा ज्यामेन्दो तामाङ (सविना) र मुकेश लुईटेल खत्री, सचिवमा इश्वरी प्रसाद आचार्य, कोषाध्यक्षमा अर्जुन तिमल्सिना र सदस्यहरुमा किरण बिक, सुनिता भण्डारी, सारिका धमला, स्नेह श्रेष्ठ चयन गरेको छ ।

मार्सलआर्ट अन्तरगत पर्ने मुवाँथाई राष्ट्रिय खेलकुद परिसदमा दर्ता भएको खेल विधा हो । उक्त भेलाको प्रमुख अतिथिमा जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको  रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here