धादिङ अस्पताल व्यवसायीकरण बन्दै: निःशुल्क पाइने औषधिको शुल्क लिएको सेवाग्राहीको आरोप

धादिङ । सेवाग्राहीले जिल्ला अस्पताल धादिङले नि:शुल्क पाइने औषधिमा पनि शुल्क लिने गरेको आराेप लगाएका छन् ।

नेपाल सरकारले सरकारी स्वास्थ्य संस्था तथा अस्पतालमा ९८ प्रकारका औषधिहरु निःशुल्क वितरण गर्दै आएको छ । तर धादिङ अस्पतालले भने ती औषधिहरुको बिरामी समक्ष शुल्क लिने गरेको उनीहरुको आरोप छ । जिल्ला अस्पताल धादिङमा अहिले सामान्यतया टाउको दुखेको औषधिको समेत शुल्क लिने गरेको उनीहरुले बताए ।

धादिङ अस्पतालको हकमा यो घटना भने कुनै नौलो होइन । नीलकण्ठ नगरपालिका–३ का गणेश बुढाथोकी धादिङ अस्पतालले निःशुल्क दिनुपर्ने औषधिमा शुल्क असुल्ने गरेको बताउनु भयो । टाउको दुखेर अस्पतालमा जादा निशुल्क पाइने औषधिको शुल्क लियो उहाँको भनाई छ ।

कर्मचारीको मनलाग्दि हो कि प्रशासनको आदेश सरकारले निःशुल्क औषधि देऊ भन्छ, त्यहि औषधिलाई अस्पताल पैसा असुल्छ,’ उहाँले बताउनु भयो । , ‘हिलोले खाएको ठाउँमा लगाउने औषधि पहिले निःशुल्क लैजान्थें। अहिले दुईवटा औषधिको एक हजार ५५ भन्यो।’ ‘अस्पताल फार्मेसी नजिकै ९८ प्रकारका निःशुल्क औषधि पाइन्छ भनी बोड राखिएको छ । तर सबै औषधि छैन । भिटामिन बी समेतको अस्पतालले शुल्क लिने गरेको पाइएको छ । अस्पतालले एक पाताको ४५ रुपैयाँ लिन्छ । साथै दम, टिडी, टिटीलगायत अन्य थुप्रै औषधिको पनि पैसा लिने गरेको सेवाग्राहीले बताए ।

औषधि माग्दा फार्मेसीले शुल्क लाग्ने औषधि नै दिने गरेका छन्। ‘निःशुल्क त व्यानर र पर्दामा सीमित छ । यति मात्र होइन वीमा गरेकाहरुले निःशुल्क पाउने औषधिसमेत नपाएको सेवाग्राहीको गुनासो छ। अस्पतालले एकै ठाउँबाट निःशुल्क र सःशुल्क औषधि विक्री वितरण गर्दा सेवाग्राहीहरु मारमा परेका हुन्।

तर अस्पतालले भने उक्त आरोपको खण्डन गरेको छ ।  अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर रुद्रमणि भण्डारीले भने सरकारले तोकेको ९८ प्रकारका औषधि निःशुल्क वितरण गरेको दाबी गर्नुभयो । निःशुल्क भनिएका प्लेन औषधिबाहेकको अन्य औषधिको मात्र शुल्क लिने गरिएको उहाँको भनाई छ ।

निःशुल्क र शुल्क लाग्ने सबै औषधि किन एकै ठाउँबाट विक्री वितरण भन्ने प्रश्नमा उहाँले भन्नुभयो ‘१५ बेड क्षमताको अस्पताल ५० बेडमा सञ्चालन भइरहेको छ। अन्य विशेषज्ञसहितको सेवाहरु पनि विस्तार भएका छन् । दरबन्दिअनुसार पदपूर्ति छैन । कर्मचारी अभाव र स्टोरका कारण निःशुल्क, वीमा र शुल्क लाग्ने औषधि एकै ठाउँबाट बिक्रि गरिएको हो।’ उहाँले भन्नुभयो ।

स्रोत बाबुराम श्रेष्ठ : ehimalayatimes.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here