आदिपुरुषको एडभान्स बुकिङ टिकट धमाधम रद्द: रामकथालाई लिएर दर्शकको गुनासो

मुम्बई । फिल्म ‘आदिपुरुष’का निर्माताहरु भलै पहिलो दिन फिल्मले विश्वभर १ सय ४० करोड रुपैंयाँ कलेक्सन भएको दाबी गरिरहेका छन्। तर फिल्मलाई लिएर विरोध गर्नेको संख्या पनि कम छैन।

फिल्ममा जसरी रामकथा देखाइयो र भगवान राम-हनुमान र लंकेश रावणको भूमिका बताइयो, त्यो कुरामा दर्शकको गुनासो बढिरहेको छ। फिल्मको समीक्षा र सामाजिक सञ्जालमा फिल्ममाथि आम दर्शकको प्रतिक्रिया हेरेपछि कैयौं मानिसहरुले एडभान्स बुकिङ गरेका टिकट धमाधम रद्द गर्न थालेका छन्। उनीहरुले रद्द गरेका टिकट सामाजिक सञ्जालमा राखिरहेका छन्।

सामाजिक सञ्जालमा आदिपुरुष, बाइकट आदिपुरुष र डिजास्टर आदिपुरुष ह्यासट्याग ट्रेण्ड भइरहेको छ। अधिकांश दर्शकले शनिबार र आइतबारका लागि बुक गरेका टिकट रद्द गरिरहेका छन्। फिल्मलाई लिएर हरेक स्थानमा असन्तोष बढिरहेपछि अनलाइन बुकिङ गर्नेहरुले टिकट रद्द गर्ने लहर चलाइरहेका छन्।

रामको रुपमा दर्शकले प्रभासलाई स्वीकार्न सकेका छैनन् । फिल्मको खराब भीएफएक्सले दर्शक दुःखी बनेका छन्। सोहीकारण पनि एडभान्स बुकिङ धमाधम रद्द भइरहेको छ ।

टिकट रद्द गरेका एक ट्वीटर प्रयोगकर्ताले आफ्नो छोरीलाई गलत रामायण नपढाउनकै लागि फिल्मको टिकट रद्द गरेको उल्लेख गरेका छन्। अर्का प्रयोगकर्ताले फिल्म रामायण नभएको उल्लेख गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here