धादिङ प्रहरी द्वारा दुर्घटना न्युनिकरण अभियानको थालनी

धादिङमा प्रहरीले दुर्घटना न्युनिकरण अभियान थालेको छ । विशेषगरी राजमार्गमा हुन सक्ने संभावित दुर्घटना रोक्ने प्रयास स्वरुप नेपाल प्रहरी र ट्राफिक प्रहरीले ‘चालक तथा यात्रुसंग पाँच मिनेट’ नामक सचेतना अभियान थालेको हो ।
अभियानमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक (एसपी) गौतम मिश्र आफैंले नेतृत्व लिएका छन् । दैनिक हजारौं सवारी आउजाउ गर्ने पृथ्वीराजमार्गको धादिङ खण्डमा हुने सडक दुर्घटना न्युनिकरणको लागि दैनिक ४० जनाको हाराहारीमा प्रहरी परिचालन गरिएको प्रहरी उपरिक्षक मिश्रले जानकारी दिए ।
अति नै व्यस्त पृथ्वीराजमार्गमा हुने दुर्घटनाबाट हरेक वर्ष कयौंको ज्यान जाने गरेको छ । धेरैको अंगभंग भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ्गको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७९ ÷०८० को बैशाख मसान्तसम्म मात्रै १ सय ५६ सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा ३२ जनाको ज्यान गुमाएका छन् ।
त्यस्तै ४७ जना गंभीर घाइते र २ सय ७२ जना सामान्य घाइते भएको तथ्यांक छ । तीव्र गति, सडकको दुरावस्था, चालकको लापबार्हि, यान्त्रिक लगायतका कारण सवारी दुर्घटना हुने गरेको छ ।
अभियान अन्तर्गत चालक र यात्रुहरुलाई दुर्घटनाबारे प्रहरीले सचेत गराउने र गुनासो सुन्ने गरिरहेका छन् । यात्रुसंग पाँच मिनेट नाम दिइएको सचेतना अभियानमा ट्राफिक नियम तथा सवारी दुर्घटना सम्बन्धि जनचेतना, आरक्षण सिट, बढी भाँडा, रिफ्लेटिक्भ स्टिकर टास लगायत सम्बन्धि जानकारी दिने गरिएको छ ।
अभियानको क्रममा भेटिएका यात्रुहरुले भाडामा एक रुपता नभएको गुनासो गर्ने गरेको पाइएको छ । सहचालकको मुड अनुसार भाडा उठाउने गरेको यात्रु चन्द्रिका अधिकारीले बताइन् ।
प्रहरीले नियम विपरित चलाउने चालकलाई कारबाही गरेर पनि नियम पालना गर्न लगाउँदै आएको छ । अधिकांश सवारी दुर्घटना राजमार्गमा तीव्र गतिमा सवारी हाँक्दा हुने गरको प्रहरीको तथ्यांकले देखाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here