रुबीभ्यालीमा २१ गते देखि राष्ट्रिय परिचय पत्र बनाउन सुरु

धादिङ । रुबीभ्याली गाउँपालिकामा नागरिकता प्रमाणपत्र बनिसकेका ब्यक्तिहरुको राष्ट्रिय परिचय पत्र बनाउन जेठ २१ गते देखि सुरु हुने भएको छ ।

जस् अनुसार जेठ २१ र २२ गते रुबीभ्याली ४ बोराङमा, २३ गते अवाई, रवा मा त्यस्तै २४ गते हिन्दुङ र चालीस गाउँमा र २५ गते वडा न. ५ को तिनचेत र चपाङचेतमा हुने रुबीभ्याली ४ को वडा कार्यालयले एक सुचना जारी गर्दै जानकारी गराइएको छ ।

परिचय पत्र बनाउन जादा लानु पर्ने आवस्यक कागजातहरु वडा द्वारा प्रकाशित सुचनामा हेर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here