हिमालयन बैक धादिङकाे आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न:  ६२ जनाले गरे रक्तदान

धादिङ । १६ औं  गणतन्त्र  दिवसकाे अबसरमा हिमालयन बैक धादिङकाे आयोजना र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको प्राविधिक सहयोगमा जिल्ला अस्पताल परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त रक्तदान कार्यक्रममा महिला ८ जना र पुरुष ५४ जना गरि जम्मा ६२ जनाले रक्तदान गरिएको नेपाल रेडक्रस जिल्ला शाखा धादिङका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले होराईजन खबरलाई जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here