श्री लापा मा.बि. रुबीभ्यालीमा रेडक्रस सोसाइटी युवा शर्कल गठन

    
 

धादिङ । रुबीभ्याली ५ स्थित लापा माध्यमिक विद्यालयमा एक कार्यक्रम बिच आइतबार रेडक्रस सोसाइटी युवा शर्कल गठन गरिएको छ ।

विद्यालयका प्र.अ. शशि प्रसाद चौधरीको अध्यक्षता एबं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका उप मन्त्री मिम्बा तामाङको प्रमुख आतिथ्यमा भएको भेलाले लापा माध्यमिक विद्यालय नेपाल युवा शर्कल गठन गरिएको म्लङ्गे तामाङले बताउनु भयो ।

उक्त भेलाले जोयल तामाङको अध्यक्षतामा ११ सदस्यीय युवा सरकल गठन गरिएको छ भने शिक्षक नायकमा भिम माया तामाङ र सह नायकमा मीन बहादुर गुरुङ हुनुहुन्छ भने संरक्षकमा विद्यालय प्र.अ. शशि प्रसाद चौधरी रहनु भएको छ ।