धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका स्थित लापा सर्चोमा जनयुद्धको सहिद रिता श्रेष्ठ (रेजिना) को स्मृतिमा शालिक निमार्णको काम अन्तिम चरणमा पुगेको छ । रुबीभ्याली गाउँपालिकाले जनयुद्धका सहिद रेजिनाको शालिक निमार्णको लागि १५ लाख विनियोज गरे सँगै शालिक निमार्णको काम सुरुभएको हो ।
नीलकण्ठ नगरपालिका वडा नं. १४ धुवाँकोट गुठ गाउँ निवासी रेजिनालाई पार्टी कामको सिलसिलामा लापा कपुरगाउँ जाने क्रममा २०५९ साल भदौ १ गते तात्कालिन शाही सेनाले गोली हानी हत्या गरेको थियो ।