काठमाडौ । नेपालका हरेक क्षेत्रमा पाइने प्रजाति हो, सिस्नु । विशेष गरी पहाडी क्षेत्रमा पाइने सिस्नु बूढो र छिप्पेको सेवन गर्न लायक हँदैन। अहिलेसम्म तीन–चार प्रकारका सिस्नु भेटिएका छन् । भेटिएका सबै प्रजाति सेवन गर्न मिल्छ । कलिलो, फूल या मुना मात्र सेवन गर्नु राम्रो हुन्छ ।
गाउँघरमा सिस्नुलाई तरकारीको रुपमा पनि प्रयोग गर्ने चलन छ । सिस्नु खाँदा के फाइदा र कसरी पकाउने भन्ने तरिकाको बारेमा यहाँ उल्लेख गर्न खोजिएको हो ।मानिस वा पशुको हातखुट्टा भाँचिएमा सिस्नुको लेपन लगाएर काम्रो बाँध्ने चलन विद्यमान छ । सिस्नु खुवाउन थालेपछि चाँडो निको हुने हामीले देखेका भोगेका पनि छौँ । सिस्नु खाएर हुर्किएका बच्चाको हड्डी बलियो पनि हुन्छ ।
सिस्नुको मुन्टालाई दानाका रूपमा खुवाएको कुखुराले तुलनात्मक रूपमा धेरै अन्डा पार्ने, मासु स्वादिलो हुने र अन्डासमेत गुणस्तरीय हुने देखिएको छ । सिस्नुबाट तयार पारेको दाना खाएको कुखुराले साधारण दाना खाएको कुखुराले भन्दा दोब्बर बढी अन्डा दिने गरेको पनि अनुसन्धानबाट खुलेको छ । सिस्नु खुवाएको बंगुरको तौल नखुवाएकोभन्दा धेरै भएको र मासुसमेत स्वस्थ रहेको पाइएको छ ।
सिस्नुलाई दानाको रूपमा खुवाइएको गाईको दूधको परिमाण र दूधमा चिल्लो पदार्थको मात्रासमेत उल्लेख्य वृद्धि हुने गरेको अनुसन्धानले प्रमाणित गरेको छ । सिस्नु खाँदा हाडजोर्नीलगायतका शरीरका विभिन्न रोगको निदान हुने विश्वास छ । विभिन्न आयुर्वे्दिक जडीबुटीसम्बन्धी पुस्तकअनुसार सिस्नुमा प्रशस्त मात्रामा आइरन हुन्छ । यसले गर्भवती महिला तथा बालबालिकालाई राम्रो गर्छ ।
सिस्नु पकाउन तरिका: पात वा मुना कलेक्सन गरेर सफा गर्ने । पातको मात्राअनुसार सिस्नु पानीमा उमाल्दै पकाउने । सिस्नु पकाउँदा फिट्केले फिट्दै उमाल्दै पकाउने । मुना वा सिस्नु राम्रोसँग नपाकेसम्म निरन्तर फिटिराख्दा राम्रो हुन्छ । सो घोल अलि बाक्लो सुपजस्तो भएपछि त्यसलाई सेवन गर्न सकिन्छ ।
सिस्नुको मुना र फूललाई तरकारीको रूपमा पकाउन सकिन्छ । यसलाई आफूलाई मनपरेको अन्य तरकारीसँग मिसाएर खान सकिन्छ । सिस्नुको पिठो अहिले बजारमा सजिलै पाउन सकिन्छ । त्यस्तै, पिठो दाल पकाउँदा मिसाएर पनि सेवन गर्न सकिन्छ । वनपाखामा पाइने भएकाले पात र मुना खाँदा सरसफाइमा भने ध्यान दिनुपर्छ । यसलाई आगोको धुवाँ लगाएर किरा फट्यांग्रा हटाउने चलन पनि छ ।
यो पनि,तपाइले बट्टाईको अण्डा खानु भएको छ ? यस्ता यस्ता रोगको लागि अचुक ओखती हो बट्टाईको अण्डा !नेपालमा बट्टाई पालन निकै फस्टाएको छ। बट्टाईको अन्डा र मासुलाई पौष्टिक खाद्य पदार्थ मानिन्छ। यसको मासुभन्दा पनि अन्डा निकै स्वास्थ्यबर्धक हुने विज्ञहरुको भनाइ छ।
बट्टाईको अन्डा स्वास्थ्यका हिसाबले बच्चादेखि वृद्धसम्मलाई फाइदाजनक मानिन्छ।नेपालमा पाँच प्रजातिका बट्टाई पाइन्छन् । तीमध्ये ‘कमन क्वेल’ बट्टाई पाल्ने सोख र अन्डा वा मासु खाने कार्यमा प्रयोग हुन्छ। आजभोलि यसको अन्डा र मासुको व्यापार बढ्दै छ । बट्टाईलाई कागुनोको दाना खुवाइन्छ।
अन्डामा भिटामिन ए, डी, बी तथा बी १२, लुटिन तथा जिएजेनथिन लगायतका तत्व पाइन्छ। यी तत्व आँखाका लागि निकै फाइदाजनक मानिन्छ। बजारमा पाइने बट्टाईको अन्डामा अन्य पक्षीको अन्डामा भन्दा धेरै पौष्टिक आहार पाइने गरेको छ। संसारभर नै अण्डा खाने प्रचलन रहेको छ । विभिन्न पक्षीहरुको अण्डालाई उसिनेर वा विभिन्न परिकार बनाएर खाने गरिएको छ । आज हामी बट्टाईको अण्डा खाँदा हुने फाइदाहरुको बारेका कुरा गर्दैछौँ ।
बट्टाईको अण्डामा पोषण तत्व एकदमै बढि हुन्छ । बट्टाईको अण्डामा भिटामिन ए, बी, डी र बी १२, लुटिन तथा जिएजेनथीन अधिकमात्रामा हुन्छ । यी भिटामिन आँखाका लागि एकदमै लाभदायक मानिन्छ ।बट्टाईको अण्डा खाँदा दम, निमोनिया, रुखाखोकी र ग्याष्ट्रिक नियन्त्रण गर्न सकिने विज्ञहरु बताउँछन् । बट्टाईको अण्डा सुगर र ब्लड प्रेशरका लागि रोगीका लागि पनि फाइदाजनक हुन्छ ।
शरिरमा रहेको अनावश्यक टक्सिन निकाल्न पनि बट्टाईको अण्डा लाभदायक रहेको छ ।बट्टाइको अण्डाले मृगौला, कलेजो र गलब्लाडर स्वस्थ राख्न मद्दत गर्छ । हड्डी मजवुत बनाउन, छालालाई एलर्जीबाट बचाउँन, रगत शुद्धिकरण र हेमोग्लोविनको मात्रा बढाउन पनि बट्टाईको अण्डा सेवन गर्नु फाइदाजनक छ । बालबालिकाको शारिरिक वृद्धिमा, स्मरण शक्ति बढाउन, रोगविरुद्ध लड्न सक्ने क्षमताको विकास गर्न र चोटपटक चाँडो निको पार्न पनि बट्टाईको अण्डा खानु फाइदाजनक हुन्छ ।
बट्टाईको अन्डा कसरी खाने? साधारणतया: बट्टाईको अन्डा काँचो खाँदा राम्रो मानिछ, किनकी यसमा जति पोस्टिक तत्व काँचोमा हुन्छ, त्यति पाकेकोमा हुँदैन। काँचो अन्डा खाँदा खासै स्वाद नहुने हुँदा सुन्तला, आँप या भुइँकटहरको जुसमा फिटेर खाँदा राम्रो मानिन्छ तर अन्डा भने ताजा हुन जरुरी छ ।
बट्टाईको अन्डामा कुखुराको भन्दा चार गुणा ज्यादा प्रोटिन हुने हुँदा यसका विभिन्न परिकार बनाएर खान सकिन्छ। बट्टाईको अन्डाबाट विभिन्न सुप, सलाद, मेन कोर्स र क्यानपी, स्टुहरु बनाउन सकिन्छ। यसलाई उसिनेर बिहानको खाजाको रुपमा पनि लिन सकिन्छ। यसलाई अम्लेट या पोच गरेर पनि सहज रुपमा खान सकिन्छ।