चुनैती संग हुर्केका गणेशको आदर्श बहुमुखी क्याम्पस सुधार्ने सपना

धादिङ । ‘चुनौती छ तर यसो भन्दै गर्दा पछाडी धकेलिनु हामीलाई छुट पनि त छैन ।’ गणेश पाण्डे एकै स्वासमा सुनाउछन। उनी चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा आदर्श बहुमुखी क्याम्पस,गजुरीमा अखिल क्रान्तिकारीको तर्फबाट सभापति पदको उम्मेदवार हुन् ।

स्ववियु निर्वाचनले झपक्कै छोपेको आदर्श बहुमुखी क्याम्पस परिसर वरिपरि भेटिने गणेशलाई आरामले गफिने र बस्ने छुट छैन । यद्यपी एकैछिन फुर्सद मिलाएर गफिन भ्याएका पाण्डे बि. बि. एस. दोस्रो बर्षमा अध्ययनरत छात्र हुन । आदर्श बहुमुखी
क्याम्पसमा अखिल (क्रान्तिकारी) का इकाई समिती अध्यक्ष समेत रहेका उनी विभिन्न सुधारात्मक क्रियाकलापमा संलग्न छन , क्याम्पसको युवा रेडक्रस सर्कलको अध्यक्ष पाण्डे बिध्यार्थिका शिक्षा, स्वास्थ अबस्था सुधार र बिध्यर्थिमैत्री वातावरण निर्माणका लागि अनवरत लागि परेका छन । आम साथिहरुको साथ र सल्लाहमा नै स्ववियु निर्वाचनमा उम्मेदवारी दिएको उनी बताउछन साथै उनी नेतृत्वदायी भूमिकामा रहेर सबैलाई समेट्दै अगाडी बढ्न खप्पिस रहेका छन् ।

‘बाल्यकालदेखि नै राजनीति र समाजलाई बुझ्न जरुरी रहेको भन्दै बुबाले आँट भर्दिनुहुन्थ्यो, हामी सानो छँदा विभिन्न खाल्का पुस्तकहरु किनेर ल्याइदिनुुहुन्थ्यो मलाई राजनीति, समाजसँगै नेतृत्व पंक्तिमा उभिन सँधै हौसला र आँट बनेर मेरो बुवाले उभिदिनुभयो ।’
विद्यालयको सानो स्कुल कमिटी हुँदै क्याम्पस कमिटीको अध्यक्ष सल धेरै राजनीतिक उत्तरचढाव भोगेकीछिन् । आफू अगाडीका पुस्ताहरुको राजनीतिक आन्दोलनलाई देखेका छन।

आन्दोलनबाट देशमा ठूलाठूला परिवर्तन भएको पनि उनले देखेका छन् । विगतका राजनीतिक आन्दोलनबाट आएको वृहत परिवर्तनले अब आउने पुस्ताले आन्दोलन गर्न पर्दैन होला भन्ने सोँच उनको मानसिकतामा नआएको पनि होइन । तर, राजनीतिक अवस्थामा कुनै परिवर्तन नभएको सुनाउने उनी अझै पनि आन्दोलनका लागि सडकमा उभिन बाध्यता रहेको बताउछन।

बेथिती हटाउने सपना
आदर्श बहुमुखी क्याम्पस आफैमा एउटा इतिहास बोकेको शिक्षालय हो । देशको शिर्ष नेताहरु जन्माएको यो क्याम्पस भित्रको अवस्था भने सुधार आउन सकेको छैन।विद्यार्थीको सामान्य समस्या समेत क्याम्पस प्रशासनले सुल्झाउन नसकेको गणेश सुनाउछन । क्याम्पसमा हुने विकृति विसंगतीको अन्त्य गर्ने सपना बोकेर राजनीतिक धार समाएको बताउने उनी स्ववियु निर्वाचन सफलताका साथ सम्पन्न भए आफूले देखेको सपना पुरा गर्न सकिने दाबी गर्छन।
‘क्याम्पस राजनीतिक भागबण्डा लगाउने थलो झैँ भएको छ, कुन प्राध्यापकले के जिम्मा पाउने कुन कर्मचारीले के, यस्तो अवस्थामा क्याम्पस कसरी सुध्रिन्छ,’ उनी सुनाउछन, ‘यस्तै विसंगतीको चाङको अन्त्य गर्नु स्ववियु निर्वाचन हुनु आवश्यकता छ, र यस्तो विकृति हटाउने मेरो सपना बोकेर म राजनीतिमा आएको हुँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here