चीनले पर्यटकका लागि खोल्यो सीमा नाका

अन्तरास्ट्रिय खबर । चीनले पर्यटकका लागि सीमा नाकाहरू खोल्ने र भिसा दिने भएको छ। 
तीन वर्ष यता कोरोना भाइरसको महामारीका कारण रोकिएका सीमा नाका बुधबारबाट पर्यटकका लागि पुन: खोल्ने र भिसा दिन सुरू गर्ने समाचार संस्था एपीले जनाएको छ।
पर्यटन र अर्थतन्त्र सुधार गर्न चीनले उक्त निर्णय गरेको हो। 
गत फेब्रुअरीमा चीनले कोरोना महामारीमाथि जीत हासिल गरेको घोषणा गरेपछि मंगलबार सीमा नाका र भिसा दिने घोषणा गरेको हो। बुधबारबाट सबै प्रकारको भिसा दिने भएको छ।

सन् २०२० मार्च २८ अगाडि नै जारी भएका तर म्याद नगुज्रिएका भिसावाहकले पुनः चीनमा प्रवेश गर्न पाउनेछन्।
चीन सरकारले जारी गरेको भिसासम्बन्धी अद्यावधिक नीतिले पानीजहाजबाट संघाई आउनेहरूका साथै हङकङ, मकाउ र आसियान क्षेत्रीय समूहभित्रका देशका निश्चित पर्यटक समूहहरूका लागि विना भिसा यात्राको अनुमति दिएको छ। 
यस सम्बन्धी जारी गरिएको सूचनाले खोप लगाएको प्रमाणपत्र वा कोरोना नेगेटिभको रिपोर्ट चाहिने/नचाहिने खुलाएको छैन।
तर विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले मंगलबार पत्रकारहरूसँगको कुराकानीमा चीनसँग विदेशबाट आउने पर्यटकको परीक्षण गर्ने उपायहरू रहेको बताए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here