‘चलचित्र तारा’ द्वारा अभिनेत्री मिरुना सम्मानित

काठमाडौँ । अभिनेत्री मिरुना मगर ‘प्रदेश १ चलचित्र तारा’ बाट सम्मानित भएकी छन् । नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ ले आयोजना गरेको ‘इनरुवा उत्सव चलचित्र महोत्सव’को अवसरमा शनिवार अभिनेत्री सम्मान दिइएको हो । 

कार्यक्रममा अभिनेत्री मगरसहित अग्रज कलाकार रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, पुष्प श्रेष्ठ, ज्योतिराज राई, गायक रामा मण्डल समेत सम्मानित भएको महोत्सवका निर्देशक तथा परिकल्पनाकार अरुणकुमार प्रधानले बताए ।

गत ७ फागुनबाट सुरु भएको महोत्सव १७ गतेसम्म चल्नेछ । महोत्सवमा १८ फिल्म निःशुल्क प्रदर्शन गरिएको छ भने हरेक साँझ साङ्गीतिक कार्यक्रम भइरहेको छ । महोत्सव अन्तिमतिर नेता भर्सेज अभिनेता फुटबल खेलको आयोजना गरिने प्रधानले बताए ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here