देउराली मा.वि.को ४० औ बार्षिक उत्सव तथा भुतपुर्व विद्यार्थी मिलन कार्यक्रम सम्पन्न

धादिङ । नीलकण्ठ ८ ससाह स्थित देउराली माध्यमिक विद्यालय एबं प्राविधिक शिक्षालयको ४० औ बार्षिक उत्सव तथा भुतपुर्व विद्यार्थी मिलन कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै उक्त कार्यक्रममा पुर्ब विद्यार्थी समाजको गठन समेत गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि नीलकण्ठ नगर प्रमुख भिम प्रसाद ढुंगानाको रहेको थियो भने,विशेष अतिथि रमेश कोईराला,कृष्ण श्रेष्ठ र अतिथिहरुमा , नीलकण्ठ ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ त्यस्तै छबि काब्री लगायत अतिथिहरुको आतिथ्य रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि ढुंगानाले नीलकण्ठ नगरपालिका भित्रको यस विद्यालयलाई मैले अघिल्लो कार्यकाल देखि नै सक्दो सहयोग गरेको र आगामी दिनहरूमा पनि नगरपालिकाले सबै किसिमले साथ र सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here