काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। मंगलबार नेप्से परिसूचक १३.९० अंकले घटेर २०९१.५६ विन्दुमा झरेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५५ अङ्कले घटेर ४००.१४ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७३ करोड २५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा अपि पावरअग्रिम स्थानमा छ। यसको आज ६ करोड २० लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा न्याग्दी अरुण काबेली पावर र एनआईसी एशिया बैंकको कारोबार भएको छ।
बुधबारको कारोबारमा १३ वटै उपसूचक १ उपसुचक बढेको छ भने सबै उपासुचक घटेको छ। आजको कारोबारमा युनिलिभर नेपाल र बाराही हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, गरिमा ऋणपत्र र विजय लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।