न्यु किवो बोर्डिङ स्कुलको खेलकुद उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

धादिङ । जिल्ला सदरमुकामको पुछार बजार स्थित न्यु किवो बोर्डिङ स्कुलको खेलकुद तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

६ गतेबाट सुरु भएको खेल कार्यक्रममा फुटबल, भलिबल, बास्केटबल, कवर्डी, मिनि म्याराथुन, ज्याब्रलिङ थ्रु, सटपुट, हाइजम्प, लङजम्प, फ्रग रेस, म्याथ रेस, नेपाली व्याकरण रेस, म्युजिकल चियर, १ सय मिटर दौड, २ सय मिटर दौड लगायतका ६५ खेलहरु रहेको थियो ।

जिल्ला खेलकुद विकास समितिको अध्यक्ष प्रताप सिंह तामाङको प्रमुख आतिथ्यतामा नीलकण्ठ नगरपालिकाका शिक्षा शाखा प्रमुखनारायण प्रसाद वाग्लेको विशेष आतिथ्यता तथा विद्यालयका प्रिन्सिपल प्रयास रेग्मीको सभातित्वमा खेल उत्सव समापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here