जिल्ला खेलकुद विकास समिती धादिङको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ । जिल्ला खेलकुद विकास समिती धादिङको आयोजनामा शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा हाल भईरहेको खेलकुद गतिविधि सम्बन्धी जिल्ला खेलकुद संघ संगठनहरु बीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा धादिङमा भएका जिल्ला खेलकुद संघ संगठनहरुका प्रतिनिधिहरुले आफ्नो क्षेत्रमा भएका खेलकुद, खेल क्षेत्रमा भएका समस्या, चुनौति, सम्भावना तथा भावी योजना लगायतका विषयमा रिपोर्टिङ गरेका थिए ।

कार्यक्रमलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितीका अध्यक्ष प्रताप सिंह तामाङले आफ्नो कार्यकालमा जिल्लाको खेलकुद क्षेत्रमा निकै परिवर्तन भएको र राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा समेत खेलाडीहरु विभिन्न खेल तथा पदकहरु जित्न सफल भएको बताउनु भयो । साथै आफुले राजनैतिक स्वार्थ भन्दा माथी उठेर निस्वार्थ खेलकुदको बिकासमा काम गरेको र आगामी दिन हरुमा पनि गर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here